१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बस्नेतको नन–फिक्सन

काठमाडौँ — २०७२ मा नेपाली राजनीतिमा थुपै्र उतारचढाव आए । यही वर्ष संविधान निर्माण भयो, मधेस आन्दोलन र नाकाबन्दी पनि भए । यी उतारचढावलाई अध्ययन गरी पत्रकार बसन्त बस्नेतले राजनैतिक नन–फिक्सन ‘७२ को विस्मय’ ल्याएका छन् ।

बस्नेतको नन–फिक्सन

‘पत्रकारिता क्रममा संक्रमणकाललाई नजिकबाट हेर्न मौका पाएँ,’ उनले भने, ‘त्यस बेला राजनीतिक दलका नेताहरूले जे भूमिका निभाए, त्यसलाई यथार्थपरक, वस्तुनिष्ठ प्रश्न गर्नु आवश्यक ठानेँ । यही क्रममा पुस्तक जन्मियो ।’ संक्रमणकालका थुप्रै विषयमा थप अध्ययन–अनुसन्धान गरेर, मधेससम्बन्धी सामग्रीहरू पढेर, फिल्ड भिजिट गरेर पुस्तक तयार पारेको उनले बताए ।

उनले आफ्नो पुस्तकलाई पत्रकारको वैचारिक प्रतिबद्धताको उदाहरण पनि भएको बताए । ‘समाजमा लफडा सिर्जना भएको बेला राख्नुपर्ने सन्तुलन, कुनै धु्रवमा नबहकीकन सत्यको पैरवी गर्नुपर्ने चुनौती थियो,’ उनले भने । नेपालमा भएका आन्दोलनलाई सैद्धान्तिकीकरण गर्ने कोसिस पनि आफूले गर्न खोजेको उनले बताए । उक्त पुस्तक फाइन प्रिन्टले छापेको हो ।

प्रकाशित : भाद्र १, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?