हामीमा देवान र राजु

काठमाडौँ — पूर्वबाट नियमित साहित्य साधनारत छन् देवान किराँती । उनी पूर्वेली परिवेश र किराँत समुदायको मौलिक विम्ब र प्रतीकहरूसहित कविता लेख्छन् ।

हामीमा देवान र राजु

त्यस्तै राजधानीमै बसेर कविता लेख्दै आएका राजु स्याङतानको लेखनमा भने तामाङ समुदायको सौन्दर्य र पीडा पाइन्छ । यी दुई कवि शुक्रबार एकसाथ प्रस्तुत भए राजधानीमा ।

लुनकरणदास गंगादेवी साहित्य कला कला मन्दिर र सर्वनाम थिएटरले गर्दै आएको ‘हामी : कवि र कविता’ ६० आैं शृंखलामा देवान र राजु प्रस्तुत भएका हुन् । प्रेक्षालयमा खचाखच दर्शकश्रोतामाझ पहिलो चरणमा कवि देवान प्रस्तुत भए । उनले ‘गाँठेकुरा’, ‘फाटेको जून’, ‘विज्ञापन’, ‘रोटी’, ‘अन्तिम साँझ’, ‘मृत्युको विलाप’, ‘षड्यन्त्र’, ‘कविताहरू’ शीर्षकका कविता सुनाए ।

दोस्रो चरणमा प्रस्तुत भएका राजुले ‘गुमनाम ताराहरू’, ‘नागरिकता’, ‘एउटा दासको घोषणापत्र’, ‘दिनचर्या’, ‘रेमिटयान्स’, ‘त्यस दिन’, ‘च्याङ्बाको रहर’, ‘अस्तित्व’, ‘आमा तिमी मात’, ‘पाउमा’, ‘बाघले लोरी गाउँदैन’ लगायतका कविता सुनाए ।

कविता प्रस्तुतिअघि दुवैलाई सर्वनामका तर्फबाट रंगकर्मी अशेष मल्लले र साहित्यकला मन्दिरका तर्फबाट साहित्यकार विष्णुविभु घिमिरेले खादा, मालाद्वारा सम्मान गरे ।

प्रकाशित : भाद्र २, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?