कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विषमलाई लेखनाथ

काठमाडौँ — त्रिमूर्ति निकेतनले दाङका छन्दकवि गणेश विषमलाई यस वर्षको ‘लेखनाथ पौडयाल पुरस्कार’ दिने निर्णय गरेको छ ।

विषमलाई लेखनाथ

आधा शताब्दीदेखि नेपाली भाषासाहित्यको सम्वद्र्धनमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवं छन्दकाव्यको प्रचारप्रसारमा योगदान दिएबापत् उनलाई पुरस्कार दिन लागेको विज्ञप्तिमा जनाइएको छ ।

पुरस्कारमा ताम्रपत्रका साथै एक लाख रुपैयाँ रहेको छ । त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसार्इंको अध्यक्षतामा बसेको निकेतनको साधारणसभाले पुरस्कारसम्बन्धी निर्णय गरेको हो । यही भदौ ११ गते चौधौं त्रिमूर्ति दिवसका अवसरमा शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीबाट पुरस्कार दिइने बताइएको छ ।

प्रकाशित : भाद्र ३, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?