विमलका कविता

काठमाडौँ — कवि विमल वैद्य नयाँ कविता संग्रहसहित आएका छन् । इलाममा बसेर साहित्य साधना गर्दै आएका उनको ‘अक्षर सिम्फोनी’ नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवं वरिष्ठ कवि वैरागी काइँला, प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, वरिष्ठ पत्रकार किशोर नेपाल, कवि मोमिला, संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव गणेश रसिक, रंगकर्मी अशेष मल्ललगायतले लोकार्पण गरे ।

विमलका कविता

काइँलाले विमलका कविता भाषा छिप्पिएको र प्रौढ रहेको उल्लेख गर्दै भने, ‘कविताको संरचना, शिल्प र त्यसमा प्रयोग गरिएको भाषा सबै हिसाबले विमल अब्बल छन् ।’ विमलका यसअघि ‘आकाश छुन खोज्ने मनहरू’ र ‘समय र सपनाहरू’ कविता संग्रह प्रकाशित छन् । पछिल्लो संग्रह मञ्जरी पब्लिकेसनले छापेको हो ।

प्रकाशित : भाद्र ५, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?