१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अनेसासमा लेकाली

काठमाडौँ — अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को हालै सम्पन्न निर्वाचनले केन्द्रीय कार्यसमितिको अध्यक्षमा स्रष्टा राधेश्याम लेकालीलाई चुनेको छ ।

अनेसासमा लेकाली

प्रतिद्वन्द्वी गोवर्धन पूजालाई हराएर उनी दुई वर्षका लागि अध्यक्ष चुनिएका हुन् । त्यस्तै उपाध्यक्षमा शान्तिराम ढकाल, महासचिवमा गणेश घिमिरे, सचिवमा लालगोपाल सुवेदी तथा सदस्यहरूमा सानु घिमिरे, लक्ष्मी राई र अग्नि पराजुली निर्वाचित भएका छन् ।


त्यस्तै वरिष्ठ उपाध्यक्षमा प्रकाश पौडेल माइला, उपाध्यक्षमा निशा अर्याल (एसिया), भीमसेन सापकोटा (अस्ट्रेलिया) र सुनिल संगम (युरोप) तथा कोषाध्यक्षमा विकास विष्ट निर्विरोध निर्वाचित भएको अनेसासको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित : भाद्र १३, २०७५ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?