कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विषमलाई लेखनाथ पुरस्कार

काठमाडौँ — यस वर्षको कविशिरोमणि लेखनाथ पौडयाल पुरस्कार दाङका स्रष्टा गणेश विषमलाई दिइएको छ । शास्त्रीय छन्दकविताको रचना एवं छन्द काव्यको प्रचारप्रसार अभियानमार्फत नेपाली भाषासाहित्यको प्रवद्र्धन गरेबापत् त्रिमूर्ति निकेतनले उनलाई पुरस्कृत गरेको हो ।

विषमलाई लेखनाथ पुरस्कार

चौधौं त्रिमूर्ति दिवसका अवसरमा सोमबार राजधानीमा वाङ्मय शताब्दीपुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले पुरस्कार हस्तान्तरण गरे । पुरस्कारमा एक लाख रुपैयाँ र ताम्रपत्र रहेको छ ।


कार्यक्रममा जोशीले चिरीबाबु महर्जन, लक्ष्मीदास मानन्धर र सुजीव बज्राचार्यलाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ पनि प्रदान गरे । त्रिमूर्ति निकेतनले नेपाललगायत २५ राष्ट्रका २ सय २३ जनालाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गरिसकेको छ । जोशीले रोल्पाकी गायत्री घर्तीमगरको आत्मकथा ‘एक भूल’ र नरेन्द्रराज प्रसार्इं लिखित ‘विद्रोही प्राज्ञ : प्रेमा शाह’ (जीवनी) पुस्तकको पनि लोकार्पण गरे ।


कार्यक्रममा साहित्यकार मोदनाथ प्रश्रित, पुरस्कृत स्रष्टा गणेश विषम, प्रा. राजेन्द्र सुवेदी, त्रिमूर्ति निकेतनकी अध्यक्ष इन्दिरा प्रसार्इं, प्रा.उषा ठाकुर, प्रा. गार्गी शर्मा, रंगकर्मी मदनदास श्रेष्ठ लगायतले कविशिरोमणिको योगदानबारे बोलेका थिए ।

प्रकाशित : भाद्र १४, २०७५ २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?