कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

वाम्बुलेमा दुई कृति

काठमाडौँ — वाम्बुले राई भाषाको दुई कविता संग्रह सार्वजनिक भएका छन् । कवि व्याकुल माइलाको ‘बिउ–अक्षर’ र गणेश राईको ‘उङ रान्चो बाकिमे’ (हामी राम्रा छौं) बालकविता संग्रह नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले सार्वजनिक गरेका हुन् ।

वाम्बुलेमा दुई कृति

माइलाको पहिलो वाम्बुले कृतिभित्र १ सय १४ वटा कविता र मुक्तक छन् । उक्त पुस्तक सहयात्रा पब्लिकेसनले छापेको हो । माइलाका यसअघि ‘यलम्बरकी छोरी’, ‘उत्साह’, ‘छालभित्रको प्रतिविम्ब’, ‘खोजी हेर देशको माटो’ र आफ्नै भाव आफ्नै परिवेश’ गीति एलबम प्रकाशित छन् । वाम्बुलेमा दर्जन गीत रेकर्ड भइसकेका छन् ।

कान्तिपुरकर्मी राईको यो बालकविता संग्रहमा ५२ वटा रचना छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले उक्त कृति छापेको हो । राईका यसअघि मातृभाषामा ‘वाम्बिर’ (कविता संग्रह), ‘इकु हिर्कटी’ (निबन्ध संग्रह) तथा नेपालीमा ‘किरात वाम्बुले लोकवार्ता (लोकसाहित्य), ‘वाम्बुले राई मातृभाषाका प्रतिभा र केही सिर्जना’ र ‘बीस किराती लेखक’ प्रकाशित छन् । स्रष्टा र कृतिबारेमा प्राज्ञ श्रवण मुकारुङले बोलेका थिए ।

प्रकाशित : भाद्र १४, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?