महाकवि लक्ष्मीप्रसाद देवकाटाको चर्चित खण्डकाव्य हो– ‘मुनामदन’ । सर्वाधिक बिक्री हुने नेपाली साहित्यिक पुस्तकको रूपमा यसको भिन्न स्थान छ । तिब्बतको ल्हासासँग नेपाली समाजको आर्थिक सम्बन्ध बलियो भएको समयको यो अमर दस्तावेज पनि मानिन्छ ।
धेरैजसो नेता भन्ने गर्छन्– ‘कलाकार देशका गहना हुन् ।’ यो कुराले मिथिला चित्रकार अजित साहलाई खासै फरक पर्दैन । नेपाली सन्दर्भमा गहना लगाउने र फुकाउनेमै सीमित रहेको उनको बुझाइ छ । जब उनी मुलुक छोडेर समुद्रपारिका देशहरू पुग्छन् तब उनको काम साँच्चिकै अमूल्य हुन्छ ।
वाम्बुले राई भाषाको दुई कविता संग्रह सार्वजनिक भएका छन् । कवि व्याकुल माइलाको ‘बिउ–अक्षर’ र गणेश राईको ‘उङ रान्चो बाकिमे’ (हामी राम्रा छौं) बालकविता संग्रह नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले सार्वजनिक गरेका हुन् ।
यस वर्षको कविशिरोमणि लेखनाथ पौडयाल पुरस्कार दाङका स्रष्टा गणेश विषमलाई दिइएको छ । शास्त्रीय छन्दकविताको रचना एवं छन्द काव्यको प्रचारप्रसार अभियानमार्फत नेपाली भाषासाहित्यको प्रवद्र्धन गरेबापत् त्रिमूर्ति निकेतनले उनलाई पुरस्कृत गरेको हो ।
यस वर्षको मदन पुरस्कार योगमाया उपन्यासले पाएको छ । उपन्यास नीलम कार्की निहारिकाले लेखेकी हुन् । सोमबार बसेको मदन पुरस्कार गुठीको साधारण सभा बैठकले योगमाया उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।
समाज निर्माणमा संगीत–साहित्यको भूमिका के हुन्छ ? संगीत र फिल्मले कसरी दिशानिर्देश गर्छन् ? हत्या–हिंसा, बलात्कार जस्ता अपराध बढ्नु वा बौद्धिक पलायनमा रुचि बढ्नुमा कलाको कस्तो प्रभाव हुन्छ ?
साहित्यकार शान्तदास मानन्धर देवकोटा लु सुन प्रज्ञा पुरस्कारबाट सम्मनित भएका छन् । देवकोटा लु सुन प्रतिष्ठानले शनिबार राजधानीमा मानन्धरलाई सम्मान गरेको हो ।
मेलापात जाँदा होस् या कुनै पर्व मनाउँदा, जन्मँदा होस् या मृत्यु हुँदा, तामाङ समुदायमा समयअनुसारका गीत र नाच छन् । समयअनुसार गीत गाउँदै नाच्ने र गीतको बोलअनुसार अभिनय गर्ने परम्परा अझै पनि छ । तर बिस्तारै यो परम्परा लोप हुँदै गएको विज्ञहरू बताउँछन् ।
समय समयको कुरा ! वरिष्ठ फिल्मकर्मी एवं गीतकार यादव खरेल समयको खेल बुझ्छन् । विसं २०२८ मा चलचित्र विकास बोर्डको अध्यक्ष छँदा उनले फिल्म अर्काइभिङका लागि जोजोसँग भिडियो छ, उपलब्ध गराउन आग्रह गर्दै विज्ञापन छपाएका थिए ।