कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘किन किरात प्रदेश’ पुस्तक सार्वजनिक

काठमाडौँ — संघीय प्रदेश नं. १ को नाम ‘किरात प्रदेश’ हुनुपर्ने मागलाई लिएर ‘किन किरात प्रदेश’ पुस्तक सार्वजनिक गरिएको छ ।

‘किन किरात प्रदेश’ पुस्तक सार्वजनिक

किरात राई विद्यार्थी संघको २०औँ स्थापना दिवसका अवसरमा आइतबार राजधानीमा उक्त पुस्तक सार्वजनिक गरिएको हो ।


जनकऋषि राई (चाम्लिङ)ले उक्त पुस्तकको सम्पादन गरेका हुन् । किरात राई यायोक्खाका कार्यवाहक अध्यक्ष दिवस राई, संघका अध्यक्ष बिर्सिका राईलगायतले उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।


पुस्तकमा काजीमान कन्दङ्वाको ‘राईहरु कहिलेदेखि लिम्बू भए’, दुर्गाहाङ याक्खा राईको ‘किरात अहिन्दु जनजातिको परिचय’, हेन्कुबुङ चाम्लिङको ‘बहसको लागि किराती अस्तित्व’ र भक्तराज कन्दङ्वाको ‘एक्काइसौँ शताब्दीको किरात राष्ट्रिय आन्दोलन’ आलेख रहेका छन् ।


त्यसैगरी जनकऋषि राईको ‘व्यवस्थापकीय अन्योलता’, गोपाल किरातीको ‘किराती राष्ट्रका चुनौतीहरु’, सुनिता किरातीको ‘किरात प्रदेश नै किन’, प्रकाश लिम्बूको ‘किरात प्रदेश नै वैज्ञानिक’, अर्जुन जम्नेलीको ‘किरात राज्य बन्ने आधारहरु’, शालिक शातासकको ‘किरात प्रदेशका आधारहरु’ र राजेन खिम्बुले राईको ‘किरात प्रदेशका वैज्ञानिक आधारहरु’ शीर्षक लेख रहेका छन् ।


त्यसका अलावा किरात राष्ट्रिय मुक्ति मोर्चाले सार्वजनिक गरेको ‘नेपालका किराती जातीहरु र किरात प्रदेश राजनैतिक दस्तावेज–२०६०’ र लिम्बुवानको ऐतिहासिक पृष्ठभूमि, जातीय स्वायत्तता र आत्मनिर्णयको सवाल राजनैतिक दस्तावेज–२०६०’ समेटिएका छन् ।

प्रकाशित : भाद्र १७, २०७५ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?