१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

शर्मा र पाण्डेलाई पद्मश्री

काठमाडौँ — खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान, चितवनले पद्मश्री पुरस्कार र सम्मानको घोषणा गरेको छ ।

शर्मा र पाण्डेलाई पद्मश्री

पद्मश्री साहित्य पुरस्कार ‘यार’ का लागि नयनराज पाण्डे र पद्मश्री साहित्य सम्मान वरिष्ठ साहित्यकार तारानाथ शर्मालाई प्रदान गरिने भएको प्रतिष्ठान संरक्षक जीवा लामिछानेले जानकारी दिएका छन् । दुवै पुरस्कार र सम्मानमा जनही २ लाख रुपैयाँ र सम्मानपत्र अर्पण गरिन्छ ।


२०७४ भरि प्रकाशित पुस्तकमध्येबाट पाण्डेको संस्मरणात्मक कृतिलाई छनोट गरिएको हो ।

विज्ञप्तिअनुसार, ‘यार’ मा आफ्ना निकट साथीहरूका माध्यमबाट नेपाली समाज, साहित्य र कलाका साथै त्यहाँभित्रका मानिसको मनोदशालाई विशिष्ट शैलीमा प्रस्तुत गरिएको छ अनि लेखकले आफ्ना सीमासहित मित्रताको मूल्यमान्यतालाई आख्यानात्मक शैलीमा प्रस्तुत गरेका छन् ।


त्यस्तै, छ दशकदेखि नेपाली नियात्रा, निबन्ध, समालोचना, आख्यान, अनुवाद र सम्पादनमा विशिष्ट योगदान दिएकाले शर्मा सम्मानित हुन लागेका हुन् । उनी नेपाली साहित्यमा झर्रोवादी अभियानका एक अभियन्ता पनि हुन् ।


पुरस्कार तथा सम्मान आगामी कोजाग्रत पूर्णिमाको दिन राजधानीमा अर्पण गरिने विज्ञप्तिमा उल्लेख छ । ।

प्रकाशित : भाद्र २५, २०७५ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?