स्रष्टाहरु सम्मानित

काठमाडौँ — मञ्जुश्री साहित्य प्रतिष्ठानले विभिन्न विधाका तीन स्रष्टालाई सम्मान गरेको छ । १५३ औं मोती जयन्ती अवसरमा सम्मानित हुनेमा सुश्री भद्रकुमारी घले, हिरण्यकुमारी पाठक र भाग्यशाली अधिकारी छन् ।

स्रष्टाहरु सम्मानित

नागार्जुन भ्याली एकेडेमीमा भएको कार्यक्रमा प्रा. रामकुमार पाँडेले स्रष्टा सम्मानले राष्ट्रको गरिमा बढ्ने बताए । प्रतिष्ठानले हालसम्म सात व्यक्तित्वलाई सम्मान गरेको अध्यक्ष डा. बमबहादुर थापा जितालीले बताए ।

सोही कार्यक्रममा जितालीको ‘आलु मुला’ र कवि बालकृष्ण सुवेदीको ‘भावनाका सुसेली’ को विमोचन पनि गरियो । मोतीराम भट्टको सम्झनामा विभिन्न विधाका कविहरूले आआफ्ना रचना पनि वाचन गरेका थिए ।

प्रकाशित : भाद्र २६, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?