कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हरिभक्तको सम्झना

काठमाडौँ — कवि/गीतकार हरिभक्त कटुवालको ३८ औँ स्मृति दिवस पारेर चितवनमा स्रष्टा र साहित्यप्रेमीहरूले उनको सम्झना गरेका छन् । हरिभक्तका कविताहरूको वाचनका साथै पुरु लम्साल निर्देशित वृत्तचित्र ‘अनि हरिभक्त फर्किएनन्’ को प्रदर्शन पनि गरिएको छ ।

हरिभक्तको सम्झना

कविडाँडा साहित्य समाजद्वारा आयोजित समारोहमा कवि/निबन्धकार भूपिनले हरिभक्त गीत र कविता दुवैमा सशक्त रूपमा कलम चलाउन सक्ने खुबी भएका साहित्यकार भएको बताए ।


वरिष्ठ निबन्धकार रामबाबु घिमिरेले हरिभक्तलाई आफूले नयाँ पुस्तालाई प्रेरण दिने कविका रूपमा पाएको सुनाए । ‘उहाँले हामीलाई अभिनय पनि सिकाउनुभयो,’ २०३२ सालमा ‘बसाइँ’ नाटक मञ्चनको सन्दर्भ जोडदै उनले भने, ‘हरिभक्त बहुआयामिक व्यक्ति हुनुहुन्थ्यो ।’


समारोहमा सरिता तिवारी, सुरेन्द्र अस्तफल, बालकृष्ण थपलिया, सरला रेग्मी, चेतराज रेग्मी, विजय विश्वकर्मा र रामकृष्ण अनायासले हरिभक्तका विभिन्न कविता वाचन गरेका थिए ।


१९९२ सालमा भारतको असममा जन्मिएका हरिभक्तको अल्सर र क्षयरोगका कारण ४५ वर्षको अल्पायुमै २०३७ साल भदौ २५ मा असमको डिब्रुगढ अस्पतालमा निधन भएको थियो । उनले आफ्नो जीवनको ऊर्जाशील समय नेपाली साहित्य लेखनमा खर्चिएका थिए ।

प्रकाशित : भाद्र २७, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?