१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बहुभाषी कवि गोष्ठी

सुनसरी — बहुभाषिक मुलुकमा सबै जातजातिको भाषा साहित्यको विकास गर्दै संरक्षण गर्ने उद्देश्यले धरान प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित बहुभाषिक कविता गोष्ठीमा पाँच जना पुरस्कृत भएका छन् ।

बहुभाषी कवि गोष्ठी

सहभागीहरूले आआफ्ना मातृभाषापछि नेपाली भाषामा वाचन गरेका बेला भाव, शिल्प र प्रस्तुतिलाई आधार मानेर हेनसेन याख्खा, घनेन्द्र लिम्बू, चोङहाङ राई, सुसा कदम र पुनम शेर्पा उत्कृष्ट भएका थिए । उनीहरूलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरियो ।


प्रतिष्ठानका सदस्यसचिव गोपाल देवानका अनुसार, धरानमा रहेका भाषा, संस्कृतिलाई जीवन्तता राख्न धरान उपमानगरपालिकाले गठन गरेको धरान प्रज्ञा प्रतिष्ठानले कविता गोष्ठी गरेको हो । गोष्ठीमा विभिन्न जातीय समुदायका १९ कविले कविता वाचन गरेका थिए ।


धरानमा ८१ जाति बस्ने र उनीहरूका अलगअलग मातृभाषा भए पनि सबैको सहभागिता नभएका कारण कविता गोष्ठीमा सात भाषाका सिर्जना मात्र वाचन गरिएको प्रतिष्ठानका अध्यक्ष अम्बिका सम्बाहाम्फेले बताए ।

प्रकाशित : भाद्र २७, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?