कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महर्जनको एकल

काठमाडौँ — कवि, चित्रकार एवं गायक सुरेन्द्र महर्जन ‘अमर’ एकल सृजना साँझमा उत्रिएका छन् । ओएस नेपालले ललितपुर सातदोबाटोस्थित सुमेरु मार्टमा उनलाई एकल साँझमा प्रस्तुत गरेको हो ।

महर्जनको एकल

कार्यक्रममा उनका एक दर्जन गीतहरू विभिन्न गायक/गायिकाले प्रस्तुत गरे । साथै महर्जन रचित गीतहरूको म्युजिक भिडियोहरू पनि देखाइए ।


महर्जनले कोरेका चित्रहरूसमेत प्रदर्शनी गरिएको कार्यक्रममा महर्जनकै कविता, हाइकु, तान्का, मुक्तक पनि सुनाइएको थियो । एन शाक्य, संगीता रायमाझी, सोनी राजभण्डारी, राजु श्रेष्ठ, मुना रोक्का, बबी दाहाल लगायत एक दर्जनभन्दा बढी गायक/गायिकाले महर्जनका सृजना सुनाएका हुन् ।


अर्का स्रष्टा पुष्पराज बुढाथोकी ‘साउतेली’ महर्जनको व्यक्तित्व र कृतित्वबारे प्रकाश पारे । ओएस नेपालका विवेक कार्कीले महर्जनका अहिलेसम्म ‘अमर’, ‘मतिनाया खा’ (नेवारी गीति एल्बम), ‘अद्भुत’ (उपन्यास) लगायतका कृति आफूहरूले प्रकाशित गरेको बताए ।

प्रकाशित : भाद्र २७, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?