कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

घिमिरेलाई गोपालदास पत्रकारिता पुरस्कार

रासस

काठमाडौँ — गोपालदास पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार युवराज घिमिरे सम्मानित भएका छन् । प्रेस काउन्सिल नेपालको ४९ औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई उक्त पत्रकारिता पुरस्कार प्रदान गरेकी हुन् ।

घिमिरेलाई गोपालदास पत्रकारिता पुरस्कार

घिमिरे देश सञ्चार मल्टिमिडियाका सम्पादक हुन् । उक्त पुरस्कारको राशि एक लाख पाँच हजार छ । एक लाख पाँच हजार रुपैयाँ राशिकै प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट कास्कीका राजबहादुर गुरुङ सम्मानित भएका छन् ।

त्यस्तै प्रेस काउन्सिल आचारसंहिता पुरस्कार हाम्रो एफएम दोलखाले पाएको छ । प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट धनुषाका बृजकुमार यादव सम्मानित भएका छन् । प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कारबाट कल्तरु साहित्यिक पत्रिका सम्मानित भएको छ ।

प्रेस काउन्सिल स्तम्भ लेखन पुरस्कारबाट वरिष्ठ साहित्यकार अमर गिरी पुरस्कृत भएका छन् । त्यस्तै भाषागत पुरस्कारतर्फ ‘गुगुल्डी मासिक’ पुरस्कृत भएको छ । डोट्याली भाषाको पत्रिकाका सम्पादक प्रकाशक वीरबहादुर चन्द कञ्चनपुर प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कारबाट जुम्लाका कृष्णमाया उपाध्याय र मकवानपुरका नानीमैया विष्ट सम्मानित भएका छन् । प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कार कास्कीका पुण्य पौडेलले पाएका छन् ।

प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कारबाट सिरहाका सुरेश यादव, नवलपरासीका गोपाल परियार र सुनसरीका रिता मोक्तान सम्मानित भएका छन् । प्रेस काउन्सिल युवा सशक्तीकरण पत्रकारिता पुरस्कार चन्द्र बानियाँ र उज्ज्वल पहाडी तथा सागर पण्डितले पाएका छन् । प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कारबाट कालिकोटका रमेश रावल सम्मानित भएका छन् ।

कार्टुन विधातर्फ अविन श्रेष्ठ र फोटो पत्रकारितातर्फ पद्मसागर कक्षपति पुरस्कृत भएका छन् । काउन्सिलको वार्षिकोत्सवका अवसरमा वरिष्ठ पत्रकारहरू केदारमान सिंह, मुक्तिनाथ खनाल, हरिकला अधिकारी र रमेशकाजी स्थापितसमेत सम्मानित भएका छन् ।

प्रकाशित : आश्विन ७, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?