कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सुविनको ‘प्रिय सुफी’

काठमाडौँ — युवा आख्यानकार सुविन भट्टराईको पाँचौं कृति ‘प्रिय सुफी’ शनिबार राजधानीमा लोकार्पण गरिएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा भट्टराईसहित अभिनेत्री आँचल शर्मा, गायिकाद्वय शीतल र शिवानी मोक्तानले उपन्यास लोकार्पण गरे ।

सुविनको ‘प्रिय सुफी’

अभिनेत्री शर्माले आफूले भट्टराईका प्राय: सबै कृति पढेको र ‘प्रिय सुफी’ पनि पढ्न आतुर रहेकी बताइन् । ‘उहाँ सबै कृतिहरूले मन छुन्छ,’ उनले भनिन् । मोटिभेसनल स्पिकर गणेश अगम ढुंगानाले सुविनको उपन्यास मनलाई छोएर सलल बग्ने प्रकृतिको भएको दाबी गर्दै आफूले पनि एकै बसाइमा पढिसकेको बताए ।

‘उपन्यासमा लेखकले लभलाई रिडिफाइन गरिदिएको छ,’ उनले भने, ‘पुस्तकले साँच्चिकै उत्प्रेरणा दिन्छ, सबैलाई मोटिभेट गर्छ ।’ उपन्यासकार भट्टराईले आफ्ना अघिल्ला कृतिहरूजस्तै ‘प्रिय सुफी’ लाई पनि पाठकबाट माया पाउनेमा आफू ढुक्क रहेको बताए ।

डबलीमा खचाखच उपस्थितिमाझ गरिएको कार्यक्रममा सांगीतिक प्रस्तुति पनि रहेको थियो । युवा गायिकाहरू शीतल र शिवानी मोक्तानले गीत गाए । पुस्तक फाइन प्रिन्टले छापेको हो ।

प्रकाशित : आश्विन ७, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?