मेनकाजीलाई तिलमाया स्मृति पुरस्कार

लेखनाथ — नृत्य निर्देशक जशु गुरुङले आफ्नी आमाको सम्झनामा स्थापना गरेको तिलमाया गुरुङ स्मृति पुरस्कार संस्कृतिकर्मी मेनकाजी गुरुङलाई प्रदान गरिएको छ ।

मेनकाजीलाई तिलमाया स्मृति पुरस्कार

स्टार स्टुडियोले आºनो दोस्रो वार्षिकोत्सवको अवसरमा आइतबार उनलाई पुरस्कृत गरेको हो ।
उनलाई तमू धीं नेपालकी अध्यक्ष कर्म गुरुङले नगद र सम्मानपत्रले सम्मान गरिन् ।

हिमाली सांस्कृति परिवारका अध्यक्ष मेनकाजी सामाजिक अभियन्ता पनि हुन् । लामो समयदेखि कला क्षेत्रमा सक्रिय रहेर मौलिक संस्कृतिलाई जगेर्ना गर्न भूमिका खेलेकोले पुरस्कार प्रदान गरिएको स्टुडियोकी प्रबन्ध निर्देशक जशु गुरुङले बताइन् ।

वार्षिकोत्सवकै अवसरमा स्टुडियोले ३० वर्षमाथिका उमेर समूहबीच नृत्य प्रतियोगिता गरेको छ । समूह लोक नृत्य प्रतियोगितामा चिसापानी टोल विकास संस्था पहिलो भएको छ । पैयूँखोला तमु समाज दोस्रो र सिङी तमु समाज तेस्रो भएका छन् ।

पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । सान्त्वना भएको दूधपोखरी तमु समाजले ५ हजार रुपैयाँ पाएको छ । प्रतियोगितामा ११ समूहले भाग लिएका थिए ।

प्रकाशित : आश्विन ९, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?