३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

उपन्यास लिएर जोशी

कान्तिपुर संवाददाता

काठमाडौँ — मदन पुरस्कार विजेता आख्यानकार रामलाल जोशी पहिलो उपन्याससहित पाठकमाझ आएका छन् । ‘सखी’ राजधानीमा शनिबार साहित्यकार सरुभक्त, आख्यानकारहरू अर्चना थापा र बुद्धिसागर तथा समीक्षक राम लोहनीले सार्वजनिक गरे ।

उपन्यास लिएर जोशी

लामो समयसम्म राज्य र शासक समूहबाट मानिसै नठानिएका थारू जातिको कथा ल्याएर जोशीले नेपाली साहित्यमा योगदान गरेको उल्लेख गर्दै सरुभक्तले भने, “सखी’ ले सीमान्तीकृत थारू जातिको जीवनको अभिलेखीकरण गरेको छ ।’


बुद्धिसागरले ‘सखी’ ले सुदूर पश्चिमको थारू जातिको सिंगो कथा उतारेको सुनाए । उपन्यासमा कम्लरी प्रथाको सूक्ष्म चित्रण गरिएको टिप्पणी गर्दै थापाले थपिन्, ‘यसमा नेपाली साहित्यमा अहिलेसम्म आइरहेको भन्दा फरक परिवेशको कथा प्रस्तुत गरिएको छ ।’ लोहनीले उपन्यासको भाषाशैलीको तारिफ गरे । ‘यो उपन्यास भाषिक दृष्टिकोणले अब्बल कृति हो,’ उनले भने ।


उपन्यासकार जोशीले ‘सखी’ मा आफूले थारू समाजको वास्तविक चित्रण गर्ने प्रयास गरेको बताए । ‘ऐना’ कथासंग्रहका लागि मदन पुरस्कार प्राप्त गरेका जोशीको यो तेस्रो कृति बुक हिल पब्लिकेसनले प्रकाशन गरेको हो ।

प्रकाशित : आश्विन २२, २०७५ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?