कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

किराँत इतिहास पुस्तक सार्वजनिक

कान्तिपुर संवाददाता

ललितपुर — इतिहासविद् तथा संस्कृतिविद् मञ्जुल याक्थुम्बाको ‘को हुन किराँत र किराँत लिम्बु? के हो युमाधर्म ?’ पुस्तक सार्वजनिक भएको छ । शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच पुस्तक सार्वजनिक गरेका हुन् ।

किराँत इतिहास पुस्तक सार्वजनिक

उमेरले ८४ वर्षीय इतिहासविद् याक्थुम्बाको पुस्तकमा प्राचीन किरात जाति, किरात युग, महाकिरात जाति, किरातबारे पश्चिमा लेखक र पूर्वीय लेखकहरुको मत, नेपालका इतिहासकारको मत, किरातबारे हिन्दुधर्म ग्रन्थहरुमा वर्णन समेटेका छन् ।


त्यसैगरी किराँत धर्म र युमा धर्म, किरातलिपि, किरात लिम्बु, लिम्बु र लिम्बुवान, न्याय निसाफको थिति, अक्वामा मुन्धुम, सिलाम साक्मालगायत शीर्षकमा विस्तृत चर्चा गरिएको छ । याक्थुम्बाको यो चौथो कृति हो । याक्थुम्बाको यसअघि ‘मौलिक किरात धर्म संस्कार’, ‘किरात तीर्थस्थल सानो हात्तिवन’ र ‘मुन्धुम र मिथकहरु’ कृति प्रकाशित छन् ।


पुस्तक सार्वजनिक गर्दै शताब्दी पुरुष जोशीले पुस्तकको आवरणमा समेटिएको मूर्तिकला प्राचीन किरातको भएको उल्लेख गर्दै किरातकालीन इतिहासको खोजी हुन नसकेको बताए । ‘पाटनको मंगलबजार मध्यभागमा अझै किराँत राजा पटुकोको दरबारको अवशेष बाँकी छ,’ नेवार ज्यापुलगायत किरात भएको उल्लेख गर्दै जोशीले भने, ‘नेवार समुदायले अहिले पनि शासक पटुकोको पूजा अति सम्मानका साथ गर्दछन् ।’


त्यसैगरी पुस्तकबारे बैरागी काइँला, रामचन्द्र राई रुपाबुङ, भाषाशास्त्री नोवलकिशोर राई, डा. कृष्ण भट्टचन, डा. चन्द्रकुमार सेर्मा, किराँत याक्थुङ चुम्लुङका अध्यक्ष योगराज लिम्बुलगायतले बोलेका थिए ।

प्रकाशित : आश्विन २२, २०७५ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?