अमरका दुई कृति

कान्तिपुर संवाददाता

काठमाडौँ — कवि तथा गीतकार अमर बान्तु एकैसाथ ‘परिभाषाका राँटाहरू’ नामक गीत तथा कविता संग्रह र ‘अमर भावना’ गीति एल्बम लिएर आएका छन्  ।

अमरका दुई कृति

‘परिभाषाका राँटाहरू’ भित्र ‘आमाको महिमा’, ‘हाम्रो वैभव’, ‘पचास वर्ष पुग्दाको अनुभव’, ‘अपुरो सपना’, ‘भगेँरीको विचल्ली’, ‘अठोट’ लगायत चार दर्जन सिर्जना छन् ।


पुस्तकको भूमिकामा राष्ट्रकवि घिमिरेले बान्तुलाई ‘समाजका विकृति, विसंगति, विभेद र उत्पीडनविरुद्ध उभिएर राष्ट्र र राष्ट्रियताको पक्षमा वकालत गर्ने कवि’ का रूपमा चित्रण गरेका छन् ।


काइँलाले बान्तुका सिर्जनामा ‘किराती सभ्यता र जीवनदर्शन’ मुखरित भएको दाबी गरेका छन् ।
एल्बम ‘अमर भावना’ मा भने आधुनिक गीत समेटिएका छन् ।

प्रकाशित : आश्विन २५, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?