१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

रुवायो ‘घरजम’ले

विप्लव भट्टराई

इलाम — सन्तान नजन्माएको निहुँमा दिनैपिच्छे सासूको कचकच सहनु बुहारी शशिलाई बानी परेको थियो  । तर एक दिन आमाको लहलहैमा लागेर छोरा रमनाथले पनि श्रीमतीलाई गलत्याएर घरबाट निकालेपछि बेसहारा बनेकी शशि महिला समूह या प्रहरीको शरणमा गइनन्  ।

रुवायो ‘घरजम’ले

वडा सदस्यलाई उनले सवै पीडा सुनाएर हिम्मत जुराइन्, अनि त्यही परिवारको अगाडि समाजमा चेतना फैलाएर गरिखाने हिम्मत देखाइन् । आमाले परपुरुषसँग लागेको आरोप रमनाथले पछि अनर्गल भएको पत्ता लगाए अनि लागे दोस्री श्रीमती खोज्न ।


दोस्री श्रीमती देवकीसँग पनि आमाको ग्रह ठ्याक नमिलेपछि शशिको यादमा पागलझैं देखिएका रमनामथले शशिलाई ललाइफकाई घर जान आग्रह गर्दा उनले कडा प्रतिवाद गरिन् । शिक्षा र चेतनासँग विवाह गरेको बताउँदै सवै गाउँका अनाथ र अनपढ बालबालिका आफ्ना सन्तान भएको उत्तर दिइन् । त्यतिभन्दा पनि जवरजस्ती गरेपछि उनले श्रीमानलाई छुरी प्रहार गरेर हत्या गरिन् ।

यो कारुणिक दृश्य थियो सदरमुकाममा शनिबार मञ्चन गरिएको नाटक ‘घरजम’को । जिल्ला समन्वय समितिको सभाकक्ष बाहिर १ सयदेखि ३ सय रुपैयाँसम्मका टिकट बेचिदै थियो । नाटकका लागि टिकटमा लाम बसेको दृश्य यहाँ नौलो हो । तर गज्जवले टिकट काटेर नाटकमा रमाउनेको कमी थिएन ।


२०२७ सालतिरै मन्चन गरिएको नाटककार पाको उमेरबीच पनि नाटकमा रमिरहेका थिए । उ बेलाको समाजको वास्तविक चित्रण सुनाउन स्थानीय चेतना नाट्य समूहले नाटक मन्चनको साहस गरेको थियो ।


अन्वेश थुलुङले निर्देशन गरेको नाटकमा थुलुङसहित सुवास लुइँटेल, सफलता राई, कविता लुइँटेल, जिविका सम्वाहाम्फेलगायत कलाकारले अभिनय गरेका थिए । ‘नाटकको मोह बढाउँदै पुरानो समाजको कथा नयाँ पुस्तासम्म पुरर्‍ाउने उद्देश्यले घरजमलाई रोजिएको हो,’ नाटकको व्यवस्थापनमा सक्रिय चेतना नाट्य समूहका सुरेश पोर्तेलले भने, ‘सदमुकाम बाहेक भित्री गाउँसम्म पनि नाटक लिएर पुग्ने लक्ष्य छ ।’


पातलो गरी मात्र यहाँ मञ्चन हुने नाटकमा रमाउन पाकादेखि बच्चासम्म भेलिएका थिए । समाजमा अझै पनि व्याप्त घटना प्रस्तुत हुँदा धेरैका आँखा रसाएका थिए । नाटककार भण्डारीले आफैंले ४८ वर्षअघि लेखेको नाटक नयाँ पुस्ताले अभिनय गर्दा रमाइलो लागेको प्रतिकक्रिया दिए । उति बेला सरस्वती कन्या स्कुललाई आर्थिक स्रोत जुटाउन तत्कालीन राजा वीरेन्द्रसामु यो नाटक प्रस्तुत भएको थियो ।

प्रकाशित : आश्विन ३०, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?