तिहार काव्यसन्ध्या

कान्तिपुर संवाददाता

काठमाडौँ — तिहारको शुभकामना साटासाट गर्दै लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले शुक्रबार राजधानीमा ‘तिहार काव्यसन्ध्या’ गर्‍यो  । पुराना र नयाँ पुस्ताका कविहरूले आ–आफ्ना सिर्जनामार्फत तिहारको शुभकामना दिए  ।

कालीप्रसाद रिजाल, विष्णुविभु घिमिरे, अशेष मल्ल, उषा शेरचन, विश्वविमोहन श्रेष्ठ, वसन्त चौधरी र गीता कार्कीले आ–आफ्ना समयका उत्कृष्ट दुई–दुईवटा कविता सुनाए । उनीहरूका सिर्जनामा तत्कालीन सामाजिक, राजनीतिक र समय क्रममा आफूले भोगेका र अनुभूत गरेका विषयवस्तु समेटिएको थियो ।

‘तिहार काव्यसन्ध्या’ ले नेपाली काव्य क्षेत्रमा फरक सन्देश सम्प्रेषण गरेको कवि वसन्त चौधरीले बताए । कवि राजेन्द्र शलभले संयोजन गरेको कायसन्ध्यामा वाचित कविताबारे कुमारी लामाले टिप्पणी गरिन् । आगामी दिनमा पनि यस्ता विशेष साहित्यिक कार्यक्रम गर्ने मन्दिरका उपाध्यक्ष हरिहर शर्माले जनाए ।

Citizen

प्रकाशित : कार्तिक १८, २०७५ ०९:००
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मधुवनले सम्झ्यो चाडपर्व

कान्तिपुर संवाददाता

काठमाडौँ — तिहार तथा छठ पर्वको अवसरमा मधुवन साहित्यिक प्रतिष्ठानले शनिबार राजधानीमा शुभकामना आदानप्रदानसहित कविता वाचन कार्यक्रम गर्‍यो  ।

एक दशकअघि रेडियो नेपालको साहित्यिक कार्यक्रम ‘मधुवन’ बाट प्रभावित बनेर स्थापना गरिएको युवा स्रष्टाहरूको यो संस्थाले चाडपर्वलाई साहित्यिक बनाउने ध्येयले कार्यक्रम गरेको हो । कार्यक्रममा कवि उषा शेरचन, मञ्जु काँचुली, मोमिला जोशी, विप्लव ढकाल, शीतल कादम्बिनी, मणि लोहनी, ठाकुर बेलबासे, फूलमान वल, चन्द्रवीर तुम्बापो, रामगोपाल आशुतोष, भगवती बस्नेत, महेश क्षितिज, देवकी अभिलाषी, अमृता स्मृति, निर्भीकजंग रायमाझी लगायतले कविता सुनाए ।

नेपाल प्रज्ञा प्रतष्ठिानका पूर्व उपकुलपति विष्णुविभु घिमिरेले चाडपर्वको सन्दर्भमा अग्रजदेखि अनुज पुस्तासम्मको स्रष्टा एकै थलोमा भेला हुनु निकै सकारात्मक रहेको दाबी गरे । सञ्चारकर्मी एवं कवि नवराज लम्सालले आफ्नो रेडियो कार्यक्रमबाट प्रभावित भएर संस्थागत साहित्यिक अभियान हुनुले गर्वित तुल्याएको दाबी गरे ।

कवि जीवन खत्रीको पहलमा स्थापना भएको प्रतिष्ठानले विभिन्न साहित्यिक गतिविधिका साथ एक दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित गरिसकेको छ । ‘अब फेरि उत्तिकै जोसका साथ सक्रिय हुँदै छौं,’ अध्यक्ष खत्रीले भने, ‘यस पटक तिहार र छठलाई स्रष्टासित जोड्न चाहेका हौं ।’

प्रकाशित : कार्तिक १८, २०७५ ०९:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT