कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

शर्मालाई घटराज

काठमाडौँ — नेपाली भाषासाहित्यको उत्थानमा निरन्तर योगदान दिएबापत् प्रा. मोहनराज शर्मालाई यस वर्षको ‘घटराज पुरस्कार’ दिइएको छ ।

शर्मालाई घटराज

आख्यान, समालोचना, निबन्ध र नाटक लेखनका क्षेत्रमा विशिष्ट योगदान दिएबापत् घटराज भट्टराई स्मारक कोषले शर्मालाई पुरस्कृत गरेको हो । साहित्यकार एवं समाजसेवी भद्रकुमारी घलेले पुरस्कार हस्तान्तरण गरिन् । पुरस्कारमा ५० हजार रुपैयाँ रहेको छ ।

कार्यक्रममा कोषकी अध्यक्ष इन्दिरा प्रसार्इं, सदस्यसचिव साधना दाहाल, प्रयागराज वाशिष्ठ, राजेश भट्टराई, शम्भु निरौला ‘दुर्गम’ लगायतले दिवंगत भाषासेवी घटराज भट्टराईसँगै पुरस्कृत व्यक्तित्व शर्माको योगदानबारे प्रकाश पारे ।


त्यस्तै भगवती बस्नेतले घटराज भट्टराईका सम्मानमा कविता वाचन गरिन् । हालसम्म शिव रेग्मी, कविता पौडेल, केशवप्रसाद उपाध्याय, गार्गी शर्मा, तेजेश्वरबाबु ग्वाङ्गले यो पुरस्कार पाइसकेको कार्यक्रममा बताइयो ।

प्रकाशित : मंसिर १६, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?