‘चराहरुको यात्रा’ अब्बल 

नुवाकोट — गत वर्षदेखि नुवाकाटेमा राष्ट्रव्यापी कविता महोत्सव हुँदै आएको छ । यस पटक आयोजित दोस्रो राष्ट्रिय कविता महोत्सवमा उदयपुरका कवि जीवन आरोहीको ‘चराहरूको यात्रा’ शीर्षकको कविता अब्बल ठहरिएको छ ।

‘चराहरुको यात्रा’ अब्बल 

दोस्रो स्थान बाग्लुङका स्रष्टा विवश बाबुको कविता ‘आग्रह’ ले ओगटयो । रामेछापका जीवन खत्रीको ‘धरतीको स्वर्ग’ र दोलखाकी देवकी अभिलाषीको ‘भोकको सौन्दर्य’ शीर्षक कविताले पनि तेस्रो स्थान हासिल गरे । पहिलो हुने कविले ५० हजार रुपैयाँ, दोस्रोले ३० हजार रुपैयाँ र तेस्रोले जनही २० हजार रुपैयाँ पाए ।


नुवाकोट साहित्य प्रतिष्ठानले शनिबार ढुंगेमा गरेको महोत्सवमा मुलुकभरका २ सय ६८ जना स्रष्टाले रचना पठाएका थिए । महेश पौडेल, शशी लुलुम्बु र बिना थिङ रहेको निर्णायकमण्डलले कविता जाँचेको थियो । नेपाली भाषा र साहित्यको उत्थान र सम्वद्र्धन लागि राष्ट्रिय कविता महोत्सव गरिएको कार्यक्रमका प्रचारप्रसार उपसमितिका संयोजक मुकुन्दराज अर्यालले बताए ।


पूर्वअर्थमन्त्री तथा साहित्यकार एस्पी कोइराला, प्रतिष्ठानका संरक्षक पुष्कर लोहनीसहितले पुरस्कृत स्रष्टालाई सम्मान गरे ।

प्रकाशित : मंसिर १६, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?