१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पर्यटन र संस्कृतिका लागि कवि सम्मेलन

काठमाडौँ — मुलुकमा संघीयता लागू भएपछि साहित्यिक गतिविधिको पनि स्थानीयकरण हुन थालेको छ । बुढानिलकण्ठ नगरपालिका तथा टोखा नगरपालिकाको आयोजनामा शनिबार नगरपालिकास्तरीय कवि सम्मेलन सम्पन्न भयो ।

पर्यटन र संस्कृतिका लागि कवि सम्मेलन

प्रमुख अतिथि थिए ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल । पाँच दर्जन कविहरुको सिर्जना प्रस्तुत गरिएको सम्मेलनमा साहित्य पारखीले मात्रै हैन, नेताहरुको पनि कविता सुने, सुनाए ।


कवि रामप्रसाद ज्ञवाली, आरएम डंगोल, अनिता लामा, भारद्वाज मित्रलगायतले कविता सुनाउँदै गर्दा सांसदहरु दिपक निरौला कुसुमकुमार कार्की, सीता लामा, भिमसेन खत्री, बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, उपमेयर रमा राई, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञानमाया डंगोल लगायतका नेता भावुक भए । रोचक के भने उनीहरुले पनि कविता सुनाए । सांसद, मेयर र उपमेयरसँगै कविता सुनाउने पंक्तीमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल र वडा सदस्य पुरुषोत्तम नेपाल पनि थिए । खासमा उनीहरु साहित्यमार्फत स्थानीय संस्कृति र पर्यटनलाई प्रवर्द्धन गर्न चाहन्थे । मुख्यमन्त्री पौडेलले कार्यक्रमको अवधारणाकै प्रशंसा गरे ।

बुढानिलकण्ठ र टोखालाई ऐतिहासिक, सांस्कृतिक नगरको रूपमा प्रवर्द्धन गर्न कवि सम्मेलन गरिएको कार्यक्रम संयोजक तथा सांसद् दिपक निरौलाले बताए । आफ्नो रचना सुनाउँदै स्थानीय कवि अनिता लामाले धार्मिक, सांस्कृतिक र पयर्टकीय नगरीको रूपमा भिन्न पहिचान बोकेको बुढानिलकण्ठ र टोखा ‘साहित्य सिर्जनाको पनि संगमस्थल’ बन्न सक्ने दाबी गरिन् ।



प्रकाशित : मंसिर १६, २०७५ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?