कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

'बान्तावा राई' लोकार्पण

काठमाडौँ — अनुसन्धान्ता राजुकुमार राईले बान्तावा राईहरुको समुदाय र संस्कृतिलाई समेटेर लेखेको पुस्तक लोकार्पण गरिएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार एक कार्यक्रमका बीच प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले 'बान्तवा राईःसमुदाय र संस्कृति' पुस्तकको लोकार्पण गरे ।

'बान्तावा राई' लोकार्पण

किरात राईका २८ थर मध्येका बान्तावा थरमा केन्द्रीकृत भएर लेखिएको पुस्तकले यस समुदायको इतिहास, सिद्धान्त, संरचना, संस्कृति, पहिचानका विषयलाई समेटेको समालोचकले बताएका छन् । प्रा सन्ध्या बस्नेतले प्रस्तुत विषयवस्तुहरु निकै खोजमुलक र ओजमुलक रहेको बताइन्। 'बान्तावाहरुको जीवन र जगतलाई पर्याप्त अनुसन्धान गरिएको छ, समाजशास्त्रका विद्यार्थीहरुका लागि काम लाग्ने गरी सन्दर्भ सामाग्री समेटिएको छ ।'उनले भनिन्,'लैंगिक पक्षमा विभेदहरु उल्लेख छन् । तर बान्तावा राईहरुले छोरीका लागि विवाह प्रथा र जिम्मेवारीका विषयमा सकरात्मक छन् ।'


संस्कृति अध्यता चन्द्रकुमार हतुवालीले पुस्तकले बान्तावा संस्कृति र पहिचान समेटेको बताए । बान्तावा राईका बारेमा फुटकर लेखहरु आए पनि समग्रलाई समेटेर पुस्तकका रुपमा पाठकमाझ ल्याएको छ । जातिविशेष सम्बन्धि लेखिने पुस्तक मध्ये यो पुस्तक सैद्वान्तिक रुपमा मजाले समेटिएको उनले बताए ।


लेखक राईले यस पुस्तकले बान्तावा राई समुदायको समग्रतालाई समेट्न प्रयास गरेको जनाएका छन् । राईका यसभन्दा अघि ३ वटा कृति प्रकाशित भइसकेका छन् ।

प्रकाशित : मंसिर २२, २०७५ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?