कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

एकल महिलामाथि उपन्यास

काठमाडौँ — आसाम गोहाटीकी पुण्यवती पाठकलाई अभिनेता नीर शाहले धेरै अघि भेटेका थिए, काठमाडौंमा । एनटीभीको धारावाहिक कार्यक्रम ‘निर्विषय’को वास्तविक पात्रको रूपमा थिइन् पुण्यवती ।

एकल महिलामाथि उपन्यास

त्यतिबेला एकल महिलाको रूपमा भेटिएकी पुण्यवतीसित शाहको शनिबार राजधानीमा फरक छविसहित भेट भयो । पुण्यवती लेखिकाका रूपमा थिइन्, शाह प्रमुख अतिथिका रूपमा । ‘म आज झस्कें, त्यतिबेला एकल महिलाका रूपमा संघर्षशील पुण्यवतीले आज एकल महिलाकै विषयमा उपन्यास लेख्नुभएछ,’ उनले भने, ‘यो ठूलो प्राप्ति हो । खुसी हो । यस अर्थमा कि आज पुण्यवतीजीसँग ज्वाइँसाहेब पनि भेट्न पाएँ ।’


आसाम, काठमाडौं हुँदै अमेरिका पुगेकी तिनै पाठकले वास्तविक घटनाहरूसमेत मिसाएर तयार पारेको उपन्यास ‘जुनको खोजी’ लोकार्पणका क्रममा शाहसँगै संस्कृतिविद् एवं साहित्यकार मोदनाथ प्रश्रित, कथाकार माया ठकुरी, घनश्याम परिश्रमीदेखि सामाजिक अभियन्ता लिली थापा समेतले प्रशंसा गरे । ‘महिला सशक्तीकरण सवालमा पुण्यवतीको पुस्तक उम्दा ठहरिन सक्छ,’ प्रश्रितले भने ।


अभिनेता शाहले आफ्नै फिल्मका महिला पात्रहरू वसन्ती, राजमती, हेलेन बज्यै लगायतको उदाहरण दिँदै नारी सशक्तीकरणका लागि समाजका सबै तप्का लाग्नुपर्ने बताए । ठकुरीले आफ्नै छोरी एकल महिला हुनुपर्दाको पीडा सुनाउँदै लेखकले पीडित नारीका विषयमा जतिसक्दो धेरै लेख्नुपर्ने बताइन् । अभियन्ता थापाले एकल महिलाले पाउने दु:ख पीडा अझै साहित्यमा नआएको गुनासो गरिन् ।


लेखिका पाठकले आफूले समाजमै हुने वास्तविक घटनाहरूलाई जोडेर पुस्तक तयार पारेको बताइन् । उपन्यास एकल महिलाहरूको पीडाको वास्तविक दस्ताबेज बनेको सम्पादक गोविन्द कँडेल आँसुले बताए । सहयात्री दर्पण नेपालले छापेको उपन्यासमाथि रंगकर्मी पुरु लम्सालको टोलीले लघुनाटक समेत देखाएको थियो ।

प्रकाशित : मंसिर २३, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?