गंकी–धुस्वां पुरस्कारबाट रामेश र मल्ल सम्मानित गरिने

काठमाडौँ — यस वर्षको गंकी–धुस्वां बसुन्धरा पुरस्कारबाट नेपालभाषाका उपन्यासकार मल्ल के सुन्दर र धुस्वां साय्मि सिर्जना पुरस्कारबाट जनगायक रामेशलाई सम्मान गरिने भएको छ । 

गंकी–धुस्वां पुरस्कारबाट रामेश र मल्ल सम्मानित गरिने

गंकी–धुस्वां बसुन्धरा प्रतिष्ठानबाट प्रत्येक दुई वर्षमा नेपालका विभिन्न भाषाका उपन्यासकारलाई गंकी–धुस्वां बसुन्धरा पुरस्कारबाट तथा नेपाली कला एवं संगीत क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनुभएका व्यक्तित्वलाई धुस्वां साय्मि सिर्जना पुरस्कारबाट सम्मान गर्दै आइरहेको छ ।


प्रतिष्ठानका अध्यक्ष डा. अरुण साय्मिको अध्यक्षतामा बसेको बैठकले नेपालभाषा साहित्यको उपन्यास विधामा नयाा धार र नयाा चिन्तनमय उपन्यास दिए वापत उपन्यासकार मल्ललाई र नेपालको जनपक्षीय संगीत क्षेत्रमा नेतृत्वदायी योगदान पुर्‍याए वापत जनगायक रामेशलाई सम्मान गर्ने निर्णय गरेको हो ।


यही आउादो माघ १ गतेका दिन एक विशेष समारोह बीच उक्त सम्मान प्रदान गर्ने कार्यक्रम रहेको छ ।


प्रकाशित : पुस २, २०७५ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?