कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री ओलीद्वारा पत्रकार गुरुङको 'निरन्तर नेतृत्व' पुस्तक विमोचन

काठमाडौँ — प्रधामनन्त्री केपी ओलीले पत्रकार डण्ड गुरुङद्वारा लिखित पुस्तक 'निरन्तर नेतृत्व'को विमोचन गरेका छन् । तमूहरुको चाड ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले उक्त पुस्तक विमोचन गरेका हुन् ।

प्रधानमन्त्री ओलीद्वारा पत्रकार गुरुङको 'निरन्तर नेतृत्व' पुस्तक विमोचन

पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले पुस्तकले समाजका लागि सकारात्मक सन्देश दिने बताए । समाजमा लेखेर योगदान दिने काममा अझ अग्रसर हुनुपर्ने उनको भनाइ थियो ।


बेलायतमा तमूहरुले सामाजिक संस्थाको रुपमा स्थापना गर्नका लागि गरेको संघर्षलाई समेटेर पुस्तक लेखिएको हो । पुस्तकमा तमु धिं युकेको हालसम्मको आठ नेतृत्वको अनुभवलाई समेटिएको छ । पुस्तकमा तमुधिं युके स्थापनाको १८ वर्षको संघर्ष र सफलता समेटिएको छ । प्रवासमा रहेर पनि समाजसेवामा पुर्‍याएको योगदान र मानवीय सहयोगका लागि तमुधिंले खेलेको भूमिकालाई पुस्तकको मुख्य विषयवस्तु बनाएको पत्रकार गुरुङले बताए । त्यस अवसरमा गौरव गुरुङद्वारा लिखित ल्होछार गीतको भिसीडीसमेत प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका थिए ।


त्यसैगरी, उक्त पुस्तक ल्होछारको अवसरमा बेलायतमा पनि आइतबार नै विमोचन भएको छ । गण्डकी प्रदेशका योजना तथा अर्थ मामिलामन्त्री किरण गुरुङले बेलायतको रेडिङमा तमुधिं युकेले आयोजना गरेको ल्होछार समारोहमा विमोचन गरेका हुन् । पुस्तक २३२ पृष्ठको छ ।

प्रकाशित : पुस १५, २०७५ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?