कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लेखनाथ जयन्तीमा झमकलाई पुरस्कार 

सुनसरी — साहित्यकार झमक घिमिरेलाई कविशिरोमणि लेखनाथ पौड्यालको १३५ औं जन्मजयन्तीको अवसरमा २५ हजार रुपैयाँको साहित्य साधना पुरस्कार प्रदान गरिएको छ । 

लेखनाथ जयन्तीमा झमकलाई पुरस्कार 

साहित्य साधना समाजद्वारा धरानमा आइतबार आयोजित लेखनाथ जयन्ती समारोहमा घिमिरेलाई पुरस्कार प्रदान गरिएको हो । नेपाली साहित्यमा दिएको योगदानको कदर गर्दे समाजले घिमिरेलाई पुरस्कारले सम्मानित गरेको हो ।


समाजका सचिव डा.भवानीशङ्कर भट्टराईकाअनुसार समारोहमा नगद १० हजार राशी रहेको बराह ज्वेलरी दलित स्रष्टा पुरस्कार इटहरी बस्ने साहित्यकार केशव सुनामलाई प्रदान गरिएको थियो । उक्त अवसरमा आयोजित खुल्ला कविता प्रतियोगितामा मोरङको केराबारीका कवि नगेन्द्र सुवेदीको ‘म पागल भएको होइन’ प्रथम पुरस्कार प्रदान गरिएको थियो ।


यसैगरी झापा विर्तामोडका कवि विवेक निशानीको ‘मैले तपाईं (बुवा) रोएको कहिल्यै देखिन’ द्वितीय, सोलुखुम्बुका गणेशप्रसाद खतिवडाको ‘शपथ’ तृतीय र मोरङको लेटाङका कवि योगराज दाहालको ‘देशको स्वाभिमान’ शीर्षकका कविताले सान्त्वना स्थान प्राप्त गरेका थिए ।


पुरस्कृत कविहरुलाई क्रमश: १० हजार, ५ हजार, ३ हजार र २ हजार नगद तथा प्रमाणपत्र प्राप्त गरिएको थियो । प्रतियोगिताकालागि १ सय ५६ कविता प्राप्त भएको थियो । प्रदेशका प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले विजेता कविहरुलाई पुरस्कार वितरण गरेका थिए ।


प्रकाशित : पुस १६, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?