कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तेस्रोलिंगीको आत्मकथा

काठमाडौँ — परिवारले देख्दा उनी छोरा थिए, तर भित्री आत्माले उनलाई छोरीजस्तै हुन उक्साउँथ्यो । नेवार समुदायमा जन्मिएकाले अन्य बालिकालाई १२ दिने गुफा (सूर्य दर्शन) राखिँदा उनी आफू पनि गुफा बस्न चाहन्थिन् । तर घरमा उनलाई ‘कैलाश’ भनेर बोलाउँथे ।

तेस्रोलिंगीको आत्मकथा

छोरा नै मानेर उनको चाहनाविपरीत ब्रतबन्ध पनि गरिदिए । लिङ्गले पुरुष र व्यवहारले स्त्री भएर जन्मेका उनले ‘कैलाश’ बाट ‘भूमिका श्रेष्ठ’ सम्म गरेका यात्रा समेटेर आत्मकथा तयार भएको छ ।


थापागाउँस्थित कुञ्ज थिएटरमा अभिनेत्री रेखा थापा, अभिनेता रमेश उप्रेती, पूर्वमिस नेपाल माल्भिका सुब्बा, व्लु डाइमन्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरुङ र भूमिकाकी आमा नुमाया श्रेष्ठले ‘भूमिका– तेस्रोलिंगीको आत्मकथा’ लोकार्पण गरे ।


रेखाले समाजले के भन्लान् भनेर बन्दी भएर बाँच्नु जीवन नभएको बताइन् । पुस्तकले भूमिकाजस्तालाई खुलेर अगाडि आउन र जीवन जिउन प्रोत्साहन दिने उनले दाबी गरिन् ।


पत्रकार एवं लेखक अश्विनी कोइरालाले नेवार संस्कृति र परम्पराका साथै लोक कथाहरूले पुस्तकलाई बलियो बनाएको दाबी गरे । महिला र पुरुषको पहिचानसँगै तेस्रोलिंगी र समलिंगीको पनि पहिचान कायम हुनुपर्ने भूमिकाले बताइन् ।

प्रकाशित : पुस २९, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?