२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

अफ्रिकी, एसियाली र ल्याटिन अमेरिकी लेखक संघको अध्यक्षमा युग पाठक

काठमाडौँ — अफ्रिकी, एसियाली र ल्याटिन अमेरिकी लेखक संघको अध्यक्षमा लेखक युग पाठक चुनिएका छन् । मोरक्कोको रबातमा सम्पन्न नवौं अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो । यसअघि सन् २०१६मा पाठक संघको उपमहासचिव निर्वाचित भएका थिए ।

अफ्रिकी, एसियाली र ल्याटिन अमेरिकी लेखक संघको अध्यक्षमा युग पाठक

अधिवेशनले इजिप्टका सरिफ अल सुबासीलाई संघको महासचिव निर्वाचित गरेको छ भने मोरक्कोका अब्दरहिम अल अलाम सह-महासचिव चुनिएका छन् । त्यसैगरी उपमहासचिवमा अफ्रिका महादेशबाट नाइजेरियाका लेखक डा. ओले ओकेदिरान, एसियाबाट पाकिस्तानका इम्दाद आकाश र ल्याटिन अमेरिकाबाट कोलम्बियाका फिरान्डा रान्दोन निर्वाचित भएका छन् ।


अधिवेशनलाई सम्बोधन गर्दै पाठकले विभिन्न युद्ध र गरिबी व्यहोरिरहेका तेस्रो विश्वका जनताको आवाजलाई साहित्य र सांस्कृतिक अभियानको माध्यमबाट बुलन्द गरिराख्न आफूले संस्थालाई योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।


उनले विश्वकै एक सम्मानित र पुरानो संस्थाको अध्यक्ष निर्वाचित हुनु नेपालको लागि एक गौरवपूर्ण चुनाति भएको बताए ।


अधिवेशनबाट पारित रबात घोषणाले संसारमा बढिरहेको असहिष्णुताप्रति पनि चिन्ता व्यक्त गरेको छ । बंगलादेश, भारत, म्यानमार, प्यालेस्टाइन लगायत तेस्रो विश्वका जनताले बेहोर्न परिरहेको आन्तरिक र बाह्य चुनौतीको सामना हतियारबद्ध युद्धबाट भन्दा बौद्धिक र सांस्कृतिक आन्दोलनहरुबाट गरिनुपर्ने मत अधिवेशनले पारित गरेको छ ।

प्रकाशित : पुस ३०, २०७५ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?