कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

कर्ण शाक्यको ‘कोष’ लोकार्पण

काठमाडौँ — व्यवसायी एवम् सकारात्मक सोचका अभियन्ता कर्ण शाक्यको नयाँ पुस्तक ‘कोष : जीवनपछिको जीवन’ लोकार्पण गरिएको छ । काठमाडौंमा मङ्गलबार आयोजित कार्यक्रममा समता स्कुलका संस्थापक उत्तम सञ्जेल, समालोचक/साहित्यकार गीता त्रिपाठी र लेखक शाक्यले पुस्तक लोकार्पण गरे । 

कर्ण शाक्यको ‘कोष’ लोकार्पण

कार्यक्रममा शिक्षासेवी सञ्जेलले नेपालमा उद्यमशीलताको विकास हुनुपर्नेमा जोड मात्र दिएनन्, कर्ण शाक्यका पुस्तकले उद्यमशीलता विकासमा सघाउने बताए । शिक्षाको विकासबाट मात्र कुनै पनि देशले समृद्धि हासिल गर्न सक्ने र विकासको बाटोमा अघि बढ्ने उनको भनाइ थियो ।


उक्त अवसरमा साहित्यकार त्रिपाठीले शाक्यको यो पुस्तकलाई ‘व्यवहार सिकाउने गीता’का रुपमा चित्रण गरेकी थिइन् । कार्यक्रममा लेखक शाक्यले आफू सधैं कर्ममा विश्वास गर्ने व्यक्ति रहेको बताए । कुनै पनि देशको विकास फुस्रा भाषणबाट मात्र सम्भव नरहेको र त्यसका लागि कर्मयोगी व्यक्तिको अपरिहार्यता रहेको उनको भनाइ थियो । सकारात्मक सोचले आफूलाई जहिल्यै अघि बढ्न सघाएको शाक्यले बताए । साथै चुनौतीबाट आफू कहिल्यै पछि नहट्ने उनको भनाइ थियो ।


कार्यक्रममा फाइनप्रिन्टका अजित बरालले नारायण वाग्लेको पल्पसा क्याफेले जसरी नेपाल आख्यानलाई लोकप्रिय बनायो, त्यसरी नै कर्ण शाक्यको सोचले नेपाली गैरआख्यानलाई पनि त्यस्तै बनाएको बताए ।


रङ्गकर्मी प्रकाश सायमीले कार्यक्रममा कर्ण शाक्यको बाहुआयामिक व्यक्तित्वका बारेमा चर्चा गरेका थिए । पुस्तकले व्यावहारिक ज्ञानमा जोड दिने र मानिसलाई उद्यमशील बनाउन सघाउने उनको भनाइ थियो ।


पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।

प्रकाशित : माघ २३, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?