कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

कला साहित्य उत्सव

कान्तिपुर संवाददाता

काँकडभिट्टा — रिडर्स झापाले प्रत्येक दुई वर्षमा गर्दै आएको कला साहित्य उत्सवको चौथो संस्करण फागुन १८ देखि २० सम्म गर्ने भएको छ ।
उत्सव संयोजक हरि तिम्सिनाका अनुसार मुलुकको सीमावर्ती सहर काँकडभिट्टामा हुने तीनदिने उत्सवमा नेपाल तथा भारतका साहित्य, कला र राजनीतिक क्षेत्रका व्यक्तिहरूले पाठकसँग प्रत्यक्ष अन्तरसंवाद गर्नेछन् ।

‘राजधानी र मोफसलबीचको खाडल पुर्ने ध्येयले साहित्य उत्सव गर्न लागेका हौं,’ उनले भने ।


साहित्यिक कुम्भमा दर्जनभन्दा बढी शीर्षकमा अन्तरक्रियात्मक छलफल गरिनेछ । उत्सवमा साहित्यिक, प्राज्ञिक, कला, नाटक र सांस्कृतिक विषयमा अलगअलग सत्रहरू सञ्चालन गरिनेछन् । पहिलो दिन दसवटा विषयमा प्यानल डिस्कसन हुनेछ । उत्सवमा लेखकहरू अर्चना थापा, अमिना सिंह, सुप्रिया मानन्धर, बन्दना ढकाल, प्रणिका कोयू, सरस्वती प्रतीक्षा, डा. रेमिका थापा, सुबिना श्रेष्ठ, श्रद्धा घले सहभागी बन्ने निश्चित भएको छ ।


यस्तै प्रत्युष वन्त, नारायण वाग्ले, शिव गाउँले, सञ्जीव उप्रेती, आहुति, खगेन्द्र प्रसाईं, राजेन्द्र महर्जन, जेबी विश्वकर्मा, युग पाठक, पुण्यप्रसाद खरेल, भास्कर गौतम, विष्णु सापकोटा, झलक सुवेदी, महेन्द्र पी लामा, सुधीर शर्मा, अखिलेश उपाध्याय, राम कार्की, बसन्त बस्नेत, संगीत श्रोता, दीपक सापकोटा, अभय श्रेष्ठ, विनोदविक्रम केसी, सीके लाल, खगेन्द्र संग्रौला, प्रदीप गिरि, अनुभव अजित, डा. विश्व पौडेल आउनेछन् । उत्सवमा पुस्तक मेला, देही आर्टको कला प्रदर्शनीका साथै परिवर्तन थिएटरले तयार पारेको ‘बिटुलो आख्यान’ नाटक मञ्चन हुनेछ । संयोजक तिम्सिनाका अनुसार स्ल्याम्प पोयट्री, कविता, गजल वाचनसमेत हुनेछ ।

प्रकाशित : फाल्गुन ६, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?