रञ्जुका नियात्रा
काठमाडौँ — रञ्जु दाहाल नियात्रा संग्रहसहित आएकी छन् । ‘प्रियसँगको यात्रा’ राजधानीमा साहित्यकार तारानाथ शर्माले लोकार्पण गरे ।
शर्माले आफ्नो यात्राकृतिमा भूमिका लेख्ने क्रममा प्रा. बालकृष्ण पोखरेलले पहिलो पटक ‘नियात्रा’ शब्दको प्रयोग गरेको सन्दर्भ सम्झिँदै थपे, ‘रञ्जुका कृतिमा नियात्राका प्रसस्त अभिलक्षणहरू भेटिन्छन् ।’ समालोचक ज्ञाननिष्ठ ज्ञवालीले कृतिमा निजात्मक अनुभूतिको अधिकता रहेको टिप्पणी गरे । अर्का समालोचक महेश पौडयालले यात्रा साहित्यमा उक्त कृतिले महत्त्वपूर्ण योगदान दिने दाबी गरे ।
प्रकाशित : फाल्गुन ६, २०७५ ०९:३९प्रतिक्रिया