तीन स्रष्टालाई 'मातृभाषा सेवा पुरस्कार'

कान्तिपुर संवाददाता

काठमाडौँ — तीन मातृभाषी स्रष्टा पुरस्कृत भएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा बिहीबार ललितपुरमा आयोजित एक समारोहमा मगर भाषाका लेखक सञ्जोग लाफा मगर, बान्तावा भाषाका चन्द्रकुमार राई ‘हतुवाली’ र दुमी भाषाका तेजमान राईलाई 'मातृभाषा सेवा पुरस्कार प्रदान गरिएको हो ।

तीन स्रष्टालाई 'मातृभाषा सेवा पुरस्कार'

पुरस्कार राशि जनही २५ हजार रुपैयाँ रहेको छ ।


आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले दिएको उक्त पुरस्कार सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले हस्तान्तरण गरे । प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा मातृभाषामा कविता वाचन पनि गरिएको थियो ।



प्रकाशित : फाल्गुन १०, २०७५ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?