१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

पूर्वरजिस्ट्रारको आत्मकथा

कान्तिपुर संवाददाता

ललितपुर — सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार डा. रामकृष्ण तिमल्सेनाको आत्मकथा बजारमा आएको छ । ‘अदालतभित्र अदालतबाहिर’ मंगलबार पूर्वराष्ट्रपति डा. रामवरण यादवले सार्वजनिक गरे ।

पूर्वरजिस्ट्रारको आत्मकथा

उक्त पुस्तक ‘जीवनको जग,’ ‘न्यायाधीश/प्रधानन्यायाधीश,’ ‘न्यायिक भ्रमण,’ ‘कलेज’ र ‘जीवनको अर्को पाटो’ गरी पाँच खण्डमा विभक्त छ । सात जना पूर्व प्रधानन्यायाधीशसँग रजिस्ट्रारका रूपमा काम गरेका तिमल्सेनाको पुस्तकबाट अदालतका प्रक्रिया बुझ्न केही सहज हुने उल्लेख गर्दै पूर्वराष्ट्रपति डा. यादवले भने, ‘नेपालको इतिहासको कठिन समयमा अदालतले प्रजातन्त्रको रक्षा गरेको छ । आमसञ्चार, नागरिक समाज र चेतनशील समुदायले पनि अदालतको सहयोगीको भूमिका निर्वाह गर्नुपर्छ ।’


पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझीले सर्वोच्च अदालतमा काम गर्दा आफूलाई थाहा नभएको विषयबारे जानकारी उक्त पुस्तकमा समेटिएको बताए । पूर्व शिक्षामन्त्री डा. गंगालाल तुलाधरले पछिल्लो समयमा सबैमा आत्मकथा लेख्ने चाहना बढेको सुनाउँदै न्यायालयमा बस्नेले पनि जीवनी लेख्दा कठिनाइ हुन सक्ने बताए ।


राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मा, पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलगायतले पनि बोलेका थिए । डा. तिमल्सेनाले आफ्नो ब्रह्मले देखेका कुरा पुस्तकमा उतारेको दाबी गरे । उक्त पुस्तक घोस्ट राइटिङ नेपालले

निकालेको हो ।

प्रकाशित : फाल्गुन १६, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?