१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कविता सुनाएर पुस्तकालयलाई १७ लाख

लन्डन — बेलायतमा अचेल बग्रेल्ती हुने च्यारिटीले दिक्क छन् नेपाली । त्यस्ता च्यारिटीको न उद्देश्य स्पष्ट हुन्छ, न संकलित रकमको पारदर्शिता । तर, लन्डनमा आइतबार आयोजित एक च्यारिटी डिनर भिन्न रह्यो । कविता सुनाएर आयोजकले सिन्धुपाल्चोकको विद्युतीय पुस्तकालयलाई १७ लाख रुपैयाँ बटुले ।

कविता सुनाएर पुस्तकालयलाई १७ लाख

क्षेत्री समाज बेलायतले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकको टेकानपुरस्थित कालिका माविको पुस्तकालय स्थापनका लागि च्यारिटी गरेको हो । कार्यक्रम संयोजक रामशरण सिम्खडाले च्यारिटीबाट १७ लाख रुपैयाँ संकलन गरिएको जनाए ।


लन्डन कविता कन्सर्ट २ नाममा आयोजित च्यारिटीमा प्रमुख आकर्षण रहे युवा पुस्तामाझ लोकप्रिय कवि नवराज पराजुली । बेलायतका नेपालीमाझ दोस्रो पटक झुल्किएका हुन् कवि पराजुली । उनले कविता कन्सर्टमा आफ्ना झन्डै आधा दर्जन नयाँ पुराना कविता सुनाए । 'वामपन्थी लभ' शीर्षकको कविताले सुरुको माहोल रोमान्टिक बने पनि पछि उनका 'रूख', 'बुबा', 'हयाप्पी बर्थ डे', 'प्रहरी' जस्ता कवितामा भावुक हुने दर्शक अत्यधिक थिए । 'मलाई बेलायतमा एक्लोपन कहिल्यै महसुस भएन,' कार्यक्रममा पराजुली गदगद थिए, 'मेरा सयौं दर्शक र साहित्यिक मनहरुले माया गरेकाले ज्यादै खुसी छु ।'

प्रमुख अतिथि राजदूत डा. दुर्गाबहादुर सुवेदीले कार्यक्रम रचनात्मक रहेको भन्दै कवि पराजुलीलाई बधाई दिए । पराजुलीको प्रस्तुतिअघि बेलायतवासी स्रष्टाहरु रेखा खरेल, फडिन्द्र भट्टराई, रमेश कायस्थ र नृपेश उप्रेतीले कविता र गजल सुनाए ।

प्रकाशित : चैत्र ५, २०७५ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?