कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

‘राष्ट्रिय कलाश्री सम्मान–२०७५’ वैरागी काइँलालाई

रासस — यस वर्षको ‘राष्ट्रिय कलाश्री सम्मान-२०७५’ नेपाल प्रज्ञाप्रतिष्ठनका पूर्व कुलपति वैरागी काइँलालाई प्रदान गरिने भएको छ ।

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले विगत ११ वर्षदेखि हरेक वर्ष भाषा, साहित्य, कलासंस्कृति र संगितका साधकलाई प्रदान गर्दै आएको उक्त सम्मान यसवर्ष उनलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीले जानकारी दिइन् । सम्मानको राशि एक लाख रुपैयाँ रहेको छ ।


त्यसै गरी पाँच हजार राशिको ‘राष्ट्रिय कलाश्री पुरस्कार-२०७५’ साहित्यकार सरुभक्तलाई प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै २५ हजार राशिको ‘ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार-२०७५’ कवि एवं अनुवादक सुमन पोखरेललाई प्रदान गर्ने निर्णय भएको छ ।


त्यस्तै ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता-२०७५ पुरस्कार पत्रकार नरेन्द्रराज शर्मा र ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला युवा पुरस्कार-२०७५’ चित्रकार एरिना ताम्राकारलाई प्रदान गरिने निर्णय भएको अध्यक्ष जोशीले जानकारी दिइन् । सबै पुरस्कार यही चैत २८ गते आयोजित कार्यक्रममा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित : चैत्र २७, २०७५ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?