संस्कृतिविद्को नालीबेली

काठमाडौँ — संस्कृतिविद् सत्यमोहन जोशी अर्को महिना सय वर्ष टेक्दै छन् । यी वाङ्मय शताब्दीपुरुषको जीवनको नालीबेली खोतल्दै अनिल पौडेलले ‘जुरेली दर्शन’ नामक अनुसन्धानात्मक कृति लेखेका छन् ।

संस्कृतिविद्को नालीबेली

दुई वर्ष लगाएर तयार पारिएको कृति सांस्कृतिक संस्थानले प्रकाशन गरेको छ । ‘जिउँदो सम्पदालाई पुस्तकमा सुरक्षित पार्ने कोसिस गरेको हुँ,’ लेखक पौडेलले भने, ‘सकेसम्म उहाँको नजिक पुगेर पुस्तकलाई तथ्यपरक बनाएको छु ।’


एउटा चराको कर्मबाट प्रभावित बनेका जोशी अन्ततः कसरी ३/३ पटक मदन पुरस्कार पाउने व्यक्तित्व बने ? संस्कृतिविद् बने ? नाटककार बने ? जस्ता सन्दर्भलाई पुस्तकले खोजी गरेको छ । लामो समय चीनमा कलाकार अरनिकोमाथि गरेको अनुसन्धानदेखि सिञ्जालाई प्रकाशमा ल्याउन जोशीले गरेको कामसम्म पुस्तकमा छन् ।


जोशी सांस्कृतिक संस्थानका परिकल्पनाकार पनि हुन् । पुस्तकमा ‘को हुन् सत्यमोहन जोशी ?’, ‘९७ वर्षेका कुरा’, ‘चिनारीका आयाम’, ‘नेपाल दर्शनको कथा’, ‘अरनिकोको खोजी’, ‘संस्कृतिविद् बनाउने सिञ्जा’, ‘साधनाका शिखर’, ‘जुरेली दर्शन’ लगायतका आलेखमार्फत जोशीको योगदान प्रकाश पारिएको छ ।

प्रकाशित : चैत्र २९, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?