सावित्री-गोपालद्वारा सम्मान र कवि गोष्ठी

इनरुवा — सावित्री–गोपाल स्मृति ट्रस्टले नयाँ वर्षको अवसर फारेर स्रष्टा सम्मानसहित कवि गोष्ठी र सांगीतिक कार्यक्रम गरेको छ । इनरुवाको सखुवागाछीमा आयोजित कार्यत्रममा ट्रस्टले जनगायक जेबी टुहुरे, गायकहरू आनन्द कार्की र विश्व नेपालीलाई सम्मान गरेको हो ।

सावित्री-गोपालद्वारा सम्मान र कवि गोष्ठी

दश–दश हजार रुपैयाँसहितको उक्त सम्मान प्रदेश १ का सभामुख प्रदीप भण्डारीले तीनै संगीतकर्मीलाई हस्तान्तरण गरे । ‘मुलुकलाई गणतन्त्रको संघारसम्म ल्याउनमा जनगायक टुहुरेजीहरूको सांगीतिक योगदानको पनि अहं भूमिका छ,’ भण्डारीले भने, ‘यो ट्रस्टले उहाँलाई इनरुवामा सम्मान गरेर आफ्नो सम्मान पनि बढाएको छ ।’


सम्मान ग्रहणपछि टुहुरेले जनवादी गीत ‘आमा दिदी बैनी हो’ गाए । आनन्दले ‘यी हल्लाहरू हुन्,’ ‘सुनसुन मायालु जोडी हो,’ ‘जेजे हुनु छ हुन्छ यहाँ पर्दा पछाडि नै’ सहित चार वटा गीतगजल सुनाए । विश्वले ‘घर मेरो सुनसरी इनरुवा’ बोलको गीत गाएर स्थानीय दर्शकश्रोताहरूलाई नचाए । कार्यक्रममा कुन्ता शर्मा, सागर तिम्सिना, विमला पोखरेल, खेमराज खनाल खखेरा, बद्रीविशाल पोखरेल लगायतका कविहरूले सिर्जना वाचन गरेका थिए ।


इनरुवाकी उपमेयर जमुना गौतम पोखरेल, सशस्त्र प्रहरी अक्तिरित्त महानिरीक्षक मन्दीप श्रेष्ठ, प्राडा टंक न्यौपाने, प्राडा गोपाल भण्डारी, प्राडा गोपाल पोखरेल, बुद्धिजीवी सुरेन्द्र भट्टराई, दिनेश रसाइली, विदुर सुवेदी, राजीव सुवेदी, पत्रकार महासंघ सुनसरीका अमर खडकाको समेत उपस्थिति थियो ।


‘इनरुवाको पुरानो हैसियत फर्काऊन र समाजमा योगदान दिएका व्यक्तित्वहरूको कदर गर्न ट्रस्टले केही वर्षयता स्रष्टा सम्मानसहितका कार्यत्रम गर्दै आएको हो,’ ट्रस्ट अध्यक्ष तथा गीतकार रोशन भट्टराईले भने । रोशनले आफ्ना आमाबुवाको स्मृतिमा स्थापना गरेको ट्रस्टले यसअघि किशोर नेपाल, मनु मञ्जिल, कुन्ता शर्मा लगायतलाई सम्मानित गरिसकेको छ ।

प्रकाशित : वैशाख ३, २०७६ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?