श्रेष्ठको आगोको लप्का सार्वजनिक

नुवाकोट — स्रष्टा श्रीराम श्रेष्ठले शनिबार आगोको लप्का हाइकुसंग्रह सार्वजनिक गरेका छन् । म्यागङ गाउँपालिका प्रमुख आसा तामाङ लगायतले पुस्तकको विमोचन गरेका थिए । पाँच सयवटा हाइकु संग्रहित छन् ।

श्रेष्ठको आगोको लप्का सार्वजनिक

नुवाकोट साहित्य प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकको भूमिका साहित्यकार पुष्कर लोहनीले लेखेका छन् । पुस्तक सार्वजनिक कार्यक्रममा आगोको लप्काबारेमा स्रष्टा रामप्रसाद चालिसे, मुकुन्द अर्याल र सुमित्रा पौडेल (सुमी)ले टिप्पणी गरेका थिए ।


आगो सदुपयोग गर्न सके अग्नी देवता र दुरुपयोग भए महाविनासकारी भएकाले सिर्जित पुस्तकको नाम आगोको लप्का राखेको लेखक श्रेष्ठले बताए ।


प्रकाशित : वैशाख ७, २०७६ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?