२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मनीषको नाम गिनिज बुकमा

ललितपुर — बाइक चलाउन त समान्य नै मानिन्छ । तर, एक खुट्टा र एक हातको सहायताले चलाउन पक्कै सहज छैन, त्यसमा पनि एक खुट्टा काँधमा र एक हातमा नेपालको झन्डा फहराउँदै ।

सानेपादेखि ग्वार्कोसम्मको पाँच किलोमिटर दूरी एक्स्ट्रा बाइक राइडिङमा मनीष श्रेष्ठले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् ।


लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्धले आयोजना गरेको गिनिजबुक अफ विश्व रेकर्डका लागि श्रेष्ठले एउटा खुट्टा काँधमाथि र अर्को बाइकको हृयान्डलमा राखी एक हातमा नेपालको झन्डा बोकेर मोटरसाइकल चलाएर एक्सट्रा बाइक राइडिङ गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएका लायन्स क्लब अफ काठमाडौं लोर्ड बुद्धका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।


‘गिनिज बुक वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएको छु,’ मनीष श्रेष्ठले भने, ‘सुरक्षित यात्रा गर्न सफल भए त्यसैमा खुसी छु ।’ कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, सभासद उमेश राईले बधाई तथा शुभकामना दिए ।

प्रकाशित : वैशाख ८, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?