कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ललितकला सम्मान संस्कृतिविद्लाई

काठमाडौँ — ललितकला क्षेत्रमा लेखन, अनुसन्धान एवं पत्रकारिता गरेबापत् संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसहित विभिन्न सञ्चारकर्मीहरूलाई नेपाल ललितकला पत्रकारिता समाज (सोफाज) ले शनिबार राजधानीमा सम्मान गरेको छ ।

ललितकला सम्मान संस्कृतिविद्लाई

यस वर्षको 'सोफाज-पत्रकारितामा विशेष सम्मान' संस्कृतिविद् एवं कला अन्वेषक जोशीलाई प्रदान गरिएको हो । त्यसैगरी 'नारायणबहादुर सिंह ललितकला पत्रकारिता पुरस्कार २०७५' बाट कान्तिपुर दैनिकका पर्वत पोर्तेल र सेतोपाटी डटकमका सविना श्रेष्ठ पुरस्कृत भए । रेडियो सगरमाथाका पत्रकार रवि मानन्धरलाई भने 'सोफाज-लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कार' दिइयो । सम्मान र पुरस्कारमा जनही ११ हजार १ सय ११ रुपैयाँ र ताम्रपत्र रहेको थियो ।


सभामुख कृष्णबहादुर महरा पुरस्कार तथा सम्मान हस्तान्तरण गर्दै 'बहुसंस्कृति, बहुजाति भएको नेपालजस्तो मुलुकमा कलाले एकअर्कालाई जोड्ने काम गर्ने' बताए । नेपाल ललितकला पत्रकारिता समाजका अध्यक्ष केशवराज खनालले ललितकला लेखनलाई प्रोत्साहन गर्न चार वर्षदेखि पुरस्कार र सम्मानलाई निरन्तरता दिँदै आएको बताए ।


पुरस्कार र ललितकला पत्रकारिताबारे ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य, सोफाजका महासचिव देवेन्द्र थुम्केली लगायतले पनि प्रकाश पारेका थिए ।

प्रकाशित : वैशाख २२, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?