राजदरबार हत्याकाण्डमा आधारित पुस्तक 'दरबारको दु:खान्त' सार्वजनिक हुँदै 

कान्तिपुर संवाददाता

काठमाडौँ — तत्कालीन राजा विरेन्द्रका एडीसी सुन्द्रप्रताप रानाले दरबार हत्याकाण्ड र राजपरिवारसँगको सम्बन्धमा आधारित पुस्तक 'दुरबारको दु:खान्त' सोमबार सार्वजनिक हुने भएको छ । किताब पब्लिसर्सले प्रकाशन गरेको यो पुस्तकमा तत्कालिन राजा, रानी र युवराजको एडिसीका रुपमा दरबारमा १७ वर्ष बिताउँदा रानाले भोगेका,देखेका थुप्रै घट्नाका बारे उल्लेख गरिएको छ ।


एडीसी राना २०५८ जेठ १९ गते नारायणहिटीमा गोली चल्दाचल्दै घट्नास्थलमा पुग्ने पहिलो सुरक्षाकर्मी हुन्। 'राजदरबारमा अकल्पनीय हत्याकाण्ड भएयता १८ वर्षभरी मेरो जीवन एकखाले उकुसमुकुस र छटपटीबाट गुज्रियो,’ एडिसी रानाले भने, 'दरबारको दुःखान्त पुस्तक मेरो त्यही छटपटीको अवतरण हो।'

पुस्तकमा दरबार हत्याकाण्डको वरिपरीमात्र नभएर तत्कालिन राजपरिवारका सदस्यहरुको स्वाभाव, शैली, राजा वीरेन्द्रको रानी ऐश्वर्य, छोरा दीपेन्द्र र भाईहरु ज्ञानेन्द्र–धीरेन्द्रसँगको सम्बन्ध लगायतका थुप्रै निजी प्रसंगहरु पनि यसमासमावेशगरिएकोकिताब पब्लिसर्सलेबताएको छ।

पुस्तकमा राजा वीरेन्द्रले महत्वपूर्ण राजनीतिक निर्णयहरु लिँदाको मनोविज्ञान, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, मदन भण्डारीलगायतका नेतासँगको व्यक्तिगत सम्बन्ध, भारतसँगको टकराव, चीनसँग हतियार विमानभेदी अस्त्र किन्दाको पृष्ठभूमि, राजदरबारको आन्तरिक समीकरण आदिबारे पनि पढ्न पाइने प्रकाशन गृहले विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रकाशित : जेष्ठ ४, २०७६ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गुफा पसे मोदी 

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ध्यान गर्नका लागि भन्दै गुफा पसेका छन् । शुक्रबार लोकसभा चुनावको प्रचारप्रसार सकिएपछि उनी शनिबार बिहानै उत्तरखण्डमा पुगेका थिए । तीर्थस्थल केदारनाथको दर्शन गरिसकेपछि उनी ध्यान गर्नका लागि एक पवित्र गुफामा पसेका हुन् । प्रधानमन्त्री भएपछि मोदीको यो चौथो केदारनाथ भ्रमण हो । 

उनको तस्बिर भारतीय सञ्चारमाध्यमहरुमा सार्वजनिक भएपछि विभिन्न टिक्काटिप्पणीहरु आइरहेका छन्। 'ध्यान कुटिया' नाम गरेको उक्त गुफामा मोदी शनिबार रातभर बस्ने र आइतबार बद्रीनाथको दर्शनका लागि जाने 'द हिन्दुस्तान टाइम्स'ले उल्लेख गरेको छ। भारतीय लोकसभाको मतगणना मे २३ तारिखबाट सुरु हुँदै छ।

शुक्रबार मोदीले प्रधानमन्त्री भएपछि पहिलोपटक पत्रकार सम्मेलनसमेत गरेका थिए। पत्रकार सम्मेलन गरेपनि पत्रकारहरुले सोधेको प्रश्नको जवाफ नदिएको भन्दै उनको आलोचना भइरहेको छ।

प्रकाशित : जेष्ठ ४, २०७६ १७:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT