२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

कान्तिपुरकर्मी पुरस्कृत

काठमाडौँ — कान्तिपुरकर्मी माधव अर्याल 'संरक्षण पुरस्कार २०१९' बाट पुरस्कृत भएका छन् । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालको २६ औं वाषिर्कोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा कान्तिपुरकर्मी अर्याललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

कान्तिपुरकर्मी पुरस्कृत

यो पुरस्कार वन, वातावरण तथा जैविक विविधताको क्षेत्रमा पत्रकारिताबाट उल्लेख्य योगदान पुर्‍याउनेलाई दिने गरिन्छ । पत्रकार अर्याललाई राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले नगद, सम्मानपत्र प्रदान गरे । पुरस्कारको राशि ५० हजार रुपैयाँ नगद र सम्मान पत्र रहेको छ ।


पुरस्कृत भएका पत्रकार अर्याल दुई दशकभन्दा बढी समयदेखि पाल्पामा रहेर पत्रकारिता गर्दै आएका छन् ।


सोही कार्यक्रममा गोरखा छेकम्पारका निमा लामा, ३० वर्षदेखि संरक्षणका लागि खटिएका दाङका उमाकान्त पन्त, महोत्तरीको सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, काठमाडौंको रानीवारी सामुदायिक वनलाई पनि पुरस्कृत गरियो । व्यक्तिगत पुरस्कार ५० हजार रहेको छ भने संस्थागत १ लाख नगदका साथै सम्मानपत्र छ ।



प्रकाशित : जेष्ठ ५, २०७६ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?