कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

किरात इतिहास पुस्तक सार्वजनिक

गणेश राई

काठमाडौँ — अनुसन्धाता जितमान राई 'यालुङ' द्वारा लिखित 'किरात इतिहास तथा वंशावली' पुस्तक सार्वजनिक भएको छ । किरात राई यायोक्खा जिल्ला कार्यसमिति काठमाडौंले उभौली चाडको अवसरमा राजधानीको टुंडिखेलमा आयोजना गरेको समारोहमा सार्वजनिक गरिएको हो । यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राई र जिल्ला अध्यक्ष प्रमिला राईले शनिबार लोकार्पण गरेका हुन् । त्यसै अवसरमा सन् २०१८ मा सर्वोच्च शिखर सगरमाथाको सफल आरोही पत्रकार देउराली चालिङलाई सम्मान प्रदान गरिएको थियो । 

किरात इतिहास पुस्तक सार्वजनिक

अनुसन्धाता राईले 'किरात इतिहास तथा वंशावली' पुस्तकमा किरातहरूको मुन्दुम, धर्म, संस्कार-संस्कृति, पूर्वीय मिथक तथा भाषाहरूका आधारमा किरात इतिहास तथा वंशावलीको पाटोलाई उजागर गर्नु भएको छ । प्राग्ऐतिहासिक सृष्टिकालीन -सत्य)युग, प्राचीन ऐतिहासिक मन्त्र तथा तन्त्रकालीन तथा ऐतिहासिक यन्त्रकालीन -कलि)युगका आधारमा किरात जाति कहाा पुगे ? कसरी जिविकोपार्जन गरे ? भन्नेबारे केलाएका छन् । यालुङछा वंशावली प्रकाशन समिति, काठमाडौंले पुस्तकको प्रकाशन गरेको हो । गहन अनुसन्धानसहित ४ सय १६ पृष्ठमा सामग्री नेपाली र अंग्रेजी भाषामा रहेका छन् ।


त्रेतायुगको शुरूवातका कालखण्ड वा ककेसस, निग्रोइड र मंगोलाइड समय अनि सिन्धुघााटी सभ्यता हुादै भारतीय सभ्यता र किरातकालीन समयलाई चियाउने काम भएको छ । वर्तमान मंगोलाइड जातिले बोल्ने भाषा र लिपिले पूर्वज एउटै थिए भन्नेबारे उल्लेख छ । तिनका विभिन्न शाखा-सन्तान फैलने क्रममा चाइनिज, जापानिज, मंगोलियन, कोरियन, बर्मिज, थाई, किरात आदि रूपमा विकसित भएको देखिन्छ ।

किरातभित्र को-को पर्छन् ? जिउने क्रममा कुन-कुन बाटो हुादै बसाइा-सराई गरे ? को-कोसाग कहाा युद्ध गर्नु पर्यो ? राई शब्द के हो ? कति पुरानो ? राय र राईमा के फरक जस्ता पक्ष केलाइएको छ । आˆनो इतिहास र पहिचानको निमित्त विविध दृष्टिकोणबाट हिन्दु संक्रमित इतिहास र मिथ्यावलीलाई खण्डन गरिएको छ ।


मानव इतिहासलाई संक्षिप्त रूपमा प्रस्तुत गरिएको छ । किरात भागालोका धारहरू पहिल्याएर त्यसको मुलसम्म पुग्ने र किरातभित्र पर्ने अन्य जातिसाग पनि इतिहास तथा वंशावली तुलनात्मक ढंगले केलाइएको छ । जसमा शेर्पा, तामाङ, गुरुङ, मगर, नेवार, थकाली, थारु, मेचे, कोचे, धिमाल परेका छन् । मानवशास्त्रको दृष्टिकोण, धर्मशास्त्र, नृतत्त्वीय आधार, भाषिक तथा सांस्कृतिक दृष्टिककोणबाट छुट्याउने प्रयत्न गरिएको अनुसन्धाता राईको दावी छ । किरात राई जातिको उाभौली र उाधौली चाड शुरुवातबारे उल्लेख गरिएको छ ।


यस पुस्तक नेपाली भाषा खण्डको अनुसन्धान सामग्रीलाई जम्मा १२ अध्यायमा विभाजन गरिएको छ । अध्ययनको परिचय, पूर्व प्रकाशित कृतिहरुको सारसंक्षेप, कालको आधारमा किरात जातिको अध्ययन, किरात जातिको विविध शास्त्रीयगत अध्ययन, विविध जातिगत अध्ययन, धार्मिक, विविध चाड तथा पर्वहरुको अध्ययन रहेका छन् ।


त्यसैगरी तुलनात्मक अध्ययनअन्तर्गत देवान, सुब्बा, राई र मुखिया उपनामबारे उल्लेख गरिएको छ । विभिन्न क्षत्रका लालमोहर, बिर्ता, भाषा वंशावलीका दस्तावेजहरु समेटिएका छन् । अन्तिम अध्यायमा सृष्टिकाली वंशावली, मन्त्रकालीन वंशावली, तन्त्रकालीन वंशावली, यन्त्रकालीन वंशावली, खम्बुहाङका वंशावली र यालुङ पाछाको वंशावली समेटिएको छ । यिनै सामग्रीलाई अंग्रेजी अनुवाद गरी एउटै पुस्तकमा समेटिएका छन् । नेपाली इतरका अनुसन्धातालाई सहज तुल्याउन अंग्रेजी अनुवादित सामग्री १६४ पाना रहेका छन् । यसरी बृहत्तर ढंगले किरात दर्शन, मुन्दुम, मिथकहरू र विभिन्न धर्मग्रन्थहरूसमेत केलाएर पुस्तक प्रकाशनमा आएको छ ।

प्रकाशित : जेष्ठ ११, २०७६ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?