योञ्जनका कथा

काठमाडौँ — तामाङ मातृभाषी साहित्यमा बुद्ध योञ्जनको उलेख्य योगदान छ । कविता, उखानटुक्कादेखि गीत र आख्यानसम्म उनले कलम चलाएका छन् । उनको सातौं कृति कथा संग्रहका रूपमा शनिबार राजधानीमा लोकार्पण गरियो ।

योञ्जनका कथा

तामाङ सांस्कृतिक–सामाजिक सन्दर्भका कथा समेटिएको ‘ह्रुङा’ लाई सञ्चारकर्मी मायालु ङेसुर, धावासाङ लामा, निष्णु थिङलगायतले लोकार्पण गरे । तामाङ डाजाङले प्रकाशन गरेको ‘ह्रुङा’ मा १४ वटा कथा छन् ।


लोपोन्मुख बन्दै गइरहेको मौलिक ज्ञान र पुस्तान्तरणको समस्यालाई कथामा समेटिएको मायालु ङेसुरले बताइन् । दुई पुस्ताबीचको बुझाइको भिन्नतादेखि वैदेशिक रोजगारीको सामाजिक/आर्थिक प्रभावलाई पनि कथाहरूमा समेटिएको छ ।



प्रकाशित : जेष्ठ २७, २०७६ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?