२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

६ कविलाई पदक र पुरस्कार

काठमाडौँ — नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा गतवर्ष आयोजित राष्ट्रिय कविता महोत्सवका विजेताहरूलाई मंगलबार राजधानीमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कृत गरेकी छन् ।

६ कविलाई पदक र पुरस्कार

महोत्सवमा प्रथम भएका फूलमान वललाई राष्ट्रपति भण्डारीले स्वर्ण पदकसहित ३० हजार रुपैयाँ, दोस्रो हुने सुनिता खनाललाई कास्य पदकसहित २५ हजार रुपैयाँ र तृतीय हुने मेनुका चापागाईं र एलिना दुलाललाई जनही २० हजार रुपैयाँ रजत पदक हस्तान्तरण गरेकी हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा २०७२ को महोत्सवमा पुरस्कार दिन बाँकी रहेका प्रथम प्रोल्लास सिन्धुलिया र द्वितीय सरस्वती दुमी राईलाई पनि राष्ट्रपति भण्डारीले पुरस्कार प्रदान गरिन् । समारोहमा भण्डारीले नेपाली साहित्य सिर्जनाले माटोको सुगन्ध प्रस्तुत गर्दै मुलुकको सामाजिक रूपान्तरणमा विशिष्ट योगदान दिँदै आएको बताइन् ।

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कविलाई सिर्जनामा उत्प्रेरित गर्ने उद्देश्यले विसं २०२२ देखि नै कविता महोत्सव गरिँदै आएको बताए । सदस्यसचिव जगत्प्रसाद उपाध्यायले आगामी दिनमा महोत्सवलाई अझ व्यवस्थित र देशव्यापी बनाउने बताए ।

प्रकाशित : असार ४, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?