कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रवासबाट टाँकीका फूल

काठमाडौँ — हङकङ बस्दै आएका कथाकार दाजु गुरुङको नयाँ कृति ‘टाँकीका फूलहरू’ राजधानीमा मंगलबार सार्वजनिक गरिएको छ । समालोचक गोविन्दराज भट्टराई, स्रष्टाहरू अनिल पौडेल, गंगाप्रसाद अधिकारी, बिना थिङ, नन्दु उप्रेती लगायतले कृति लोकार्पण गरेका हुन् ।

पुस्तकमाथि टिप्पणी गर्दै समालोचक भट्टराईले गुरुङको लेखनमा प्रवासी चेतना, पीडा र संघर्षका कथा पाइने बताए । चार दशक लामो हङकङको नेपाली डायस्पोरिक लेखनमा ‘टाँकीका फूलहरू’ उत्कृष्ट गद्य साहित्य रहेको उनले दाबी गरे ।


कथाकार थिङले गुरुङका कथा लेखन सरल भए पनि गहन मनोवैज्ञानिक विश्लेषण पाइने बताइन् । कवि पौडेलले नेपालमा प्राध्यापक गर्दा गर्दै हङकङ पुगेका गुरुङले मुलुकबाहिर रहेको नेपाली मनोविज्ञान कथामा टपक्क टिपेको बताए ।


गुरुङका साथीसमेत रहेका पूर्व आईजीपी दुर्जकुमार राईले आफ्नो साथीभित्र गहन लेखकीय विशेषता पाएर छक्क परेको बताए । नेपाली वाङ्मय परिषद्ले आयोजना गरेको कार्यक्रममा स्रष्टा शशी लुमुम्बु र टीका चाम्लिङले पनि पुस्तकमाथि टिप्पणी गरेका थिए । कृति भुँडीपुराण प्रकाशनले छापेको हो ।

प्रकाशित : असार २५, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?